प्रजातान्त्रिक समाजवादका प्रवद्र्धक बीपी कोइरालाको स्मृति दिवसमा सुनसरीमा विविध कार्यक्रम जिल्लाका विभिन्न स्थानमा वृक्षरोपणदेखि शालिक शिलान्यासमा काँग्रसका कार्यकर्ता एक ठाउँमा

इनरुवा÷नेपाली काँग्रेसका संस्थापक तथा प्रजातान्त्रिक समाजवादका प्रवद्र्धक, जननायक बीपी कोइरालाको ३७ औं स्मृति दिवस सुनसरीमा समेत विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
यद्यपि विगतका बर्षहरुमा जिल्ला, नगर, तथा गाउँमा विचार गोष्ठी, प्रशिक्षण, अनाथ तथा अशक्तहरुलाई सहयोग लगायका कार्यक्रमका साथ सम्पन्न गरिने स्मृति दिवस यस पटक भने वृक्षा रोपण र शालिक शिलान्यासमै सीमित भएको छ ।
नेपालीका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहनु भएका बीपी कोइरालाको स्मृति दिवसमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीले सोमबार इनरुवा नगरपालिका वडा नं. ९ मा वृक्षा रोपण गरी बबिया चौकमा शालिक निर्माणका लागि शिलान्यास समेत गरेको छ । संघीय सांसद सीताराम मेहताले शिलान्यास गर्नुभएको थियो । शिलान्यास पश्चात बोल्दै सांसद मेहताले बीपीको प्रतातान्त्रिक समाजवादको अहिले पनि उत्तिकै सान्दर्भिकता रहेको छ । प्रजातन्त्रको पर्यायवाची नेपाली काँग्रेसका संस्थापक नेता बीपीले आजीवन प्रजातन्त्रका लागि संघर्ष गरेको स्मरण गर्दै उहाँले भन्नुभयो मुलुकमा यतिबेला प्रजातन्त्र खतरामा रहेको छ । अधिनायकवादीहरुले शासन सत्ता सञ्चालन गरिरहेका छन् । फेरि पनि नेपाली काँग्रेसले प्रजातन्त्रका लागि लडाइ गर्नुपर्नै अवस्था सिर्जना हुँदै गएको समेत उहाँले
बताउनुभयो ।


सांसद तथा पूर्व मन्त्रीसमेत रहनु भएका मेहताले दुई तिहाइको वर्तमान कम्युनिस्टको सरकारले जनताका कुनै पनि अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउनु भयो । महंगीले जनता आक्रान्त छन्, शान्ति सुरक्षाको अवस्था विकराल छ, लाखौ युवाहरु रोजगारीका लािग विदेश पलायन हुन बाध्य भएका छन् तर सरकार रमिते बनेर बसेको छ ।
अविरल बर्षाका कारण बाढी र पहिरोले सैयौ नेपापालीले ज्यान गुमाएका छन्, सैयो वेपत्ता भएका छन्, हजारौ घरवारविहीन भएका छन् । तर
राज्यले उनीहरुलाई राहत र पुनस्र्थापनाका लागि कुनै योजना ल्याउन नसकेको भन्दै मेहताले आक्रोस समेत पोख्नु भयो । उहाँको आरोप थियो
सरकार बिना मौसमको बाजा बजाउँदै अधिनायकवादतर्फ उन्मुख भएको छ । उहाँले भन्नुभयो गलत नियतले गुठी विद्येयक ल्याउँदा मुलुकभरि विरोधमा जनसागर उर्लियो र बाध्य भएर विद्येयक फिर्ता लिनु प¥यो ।
विषादी परीक्षणको सवालमा प्रधानमन्त्री जस्तो व्यक्तले भारतले पत्र पठाएकै छैन, कसले पत्र पठायो, कहिले पठायो भनेर जनतालाई उल्लु बनाए । अन्तमा सञ्चार माध्यमले पत्र प्रकाशित गरेपछि लज्जित भएर माफी मागे । मिडिया काउन्सिल विद्येयक समेत असल नियतले नल्याएकै कारण सर्वत्र यसको विरोध भएको उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति, प्रदेश सभा सांसद एवम् प्रदेश सभा संसदीय दलका नेता राजीव कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा माननीय ज्योति सुब्बा, बरिष्ठ जिल्ला सदस्य एस.एन. मेहता, जिल्ला कार्यसमितिका सदस्य एवम् पदाधिकरीहरु, इनरुवा नगरपालिकका मेयर राजन मेहता, उपमेयर जमुना गौतम लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसैगरी नेपाली काँग्रेस धरान नगर समितिको आयोजनामा धरान १३ स्थित बीपी पार्कमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको थियो । वृक्षरोपणमा नेपाली काँग्रेसका बरिष्ठ नेता तथा साहित्यकार गिरिराज आचार्य, प्रा. आनन्द आचार्य, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सभापति तिलक राई लगायत सैयौको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया