धनकुटा÷प्रक्रिया नपु¥याई अवैध ढंगले बर्षौदेखि सञ्चालन गर्दै आएका धनकुटाका आधा दर्जन औषधि पसलमा अनुगमन समितिले आइतबार ताला लगाइ दिएको छ ।
स्थानीय प्रशासन, घरेलु विकास समिति तथा करदाता कार्यालयका कर्मचारीहरुको संयुक्त अनुगमन टोलीले ताला लगाइदिएको थियो भने अधिकांश औषधि पसलेहरु अनुगमन टोली आएको थाहा पाएर आफै पसलमा ताला लगाएर भागेका थिए ।
अनुगममन टोलीले पाख्रीबास बजारमा रहेको एमएस मेडिकल गैर कानुनी, प्रक्रिया नपु¥याई सञ्चालन भएको पाएपछि तालाबन्दी गर्नासाथ अन्य औषधि पसलहरुले हतार हतार पसल बन्द गरी मोवाइलको स्विच समेत अफ गरेर सम्पर्क विहीन भएका थिए । अनुगमन स्थानीय अगुवा, जनप्रतिनिधि र प्रहरीको रोहववरमा गरिएको अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत सुधिर साफले जानकारी दिए । उनका अनुसार पाख्रीबास बजारमै रहेको हाङ्गखाम फार्मेसीलाई समेत कारबाही गरिएको छ । सीता खड्काको नाममा दर्ता भएको उक्त औषधि पसल फार्मेसी सम्बन्धी योग्यता नपुगेका अमृत कुमार राईले सञ्चालन गदै आएका थिए । सोही स्थानमा रहेको बेन्जिला मेडिकल हलका सञ्चालक अनुगमन टोली गएको थाहा पाउनासाथ पसलै बन्द गरेर लापत्ता भएका थिए । उता जीतपुर बजारमा बर्षोदेखि अवैध औषधि पसल सञ्चालन गर्दै आएका डन्डुप्रसाद पोखरेलले अनुगमन टोलीसँग विवाद गरेका थिए । औषधि पसल दर्ता नभएपनि आफू पूर्व स्वास्थ्यकर्मी भएकोले कसैले पसल बन्द गराउन नसक्ने भन्दै उनी प्रतिवादमा उत्रिएका थिए । स्थानीयको आग्रहमा अनुगमन टोलीले एक महिना भित्रमा प्रक्रिया पु¥याएर सञ्चालन गर्न चेतावनी दिएको छ ।
