विराटनगर, ÷प्रतिबन्धित लागूऔषध सहित मोरङ र झापाबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
मोरङको केरावारी गाउँपालिका–१० बगैँचा चोकबाट प्रहरीले लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
केराबारीबाट खटिएको प्रहरी टोलीले ३ किलो गाँजा सहित सोही ठाउँ बस्ने बर्ष १८ को गणेश तामाङ र जिग्री भुजेललाई पक्राउ गरेको हो । सोमवार बिहानको राती २ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा ३ किलो लागूऔषध गाँजा फेला पारि दुवै जनालाई इलाका प्रहरी कार्यालय केरावारीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी आइतवार साँझ ६ः४० बजे झापाको मेचीनगरनगरपालिका–६ भन्सार गेट अगाडीबाट खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको हो ।लागूऔध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ६ सय मिलिग्राम खैरो हेरोईन सहित ईलामको सुर्योदय नगरपालिक–१०फिक्कल बस्ने बर्ष ३१को अमितलिम्बुरझापा बुद्धशान्ति गाउँपालिका–४ बस्ने बर्ष २१ को किशन बेगालाई पक्राउ गरको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६७ प १२८५ नम्बरको मोटरसाईकलमा सवार उनिहरुलाई चेकजाँच गर्ने क्रममा मुखमा हालेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको खैरो हेरोईन बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ ।
