धरान÷लगातार आएको बर्षाका कारण खानेपानीको पाइप बगाइदिदा धरान ५ देउरालीका सर्वसाधारण खानेपानीबाट बञ्चित भएका छन् ।
साविकको पाचकन्या गाविस हुदादेखि नै देउराली खानपानी तथा
सरसफाइ आयोजना गठन गरे गाउलेकै प्रयासमा शेरा खोलाबाट ल्याएको पानी हिउदको समयमा हुने अभाव त छदैछ बर्षादको समयमा समेत बाढीका कारण खानेपानीको हाहाकार भएर बस्न बाध्य छन् ।
बर्षेनी सुख्या याममा खानेपानीको अभाव झेलिरहेका धरान ५ देउरालीका सर्वसाधारण बर्षादको समयमा समेत बर्षेनी आउने अविरल बर्षाका कारण खानेपानीको पाइप बगाइदिदा काकाकुल जीवन विताउन बाध्य हुनुपरेको छ ।
शेरा खोलामा आएको बाढीका
कारण मुहान भत्काइदिने र खानेपानीको पाइप बगाइदिने गरेका कारण बर्षेनी खानेपानीको समस्या हुने गरेको सर्वसाधारण बताउछन् ।
स्थानीय संगीता लिम्बु देउरालीमा खानेपानीको सहजता कहिल्यै नहुने बताउनुहुन्छ । हिउदमा पानीको मुहान सुक्दा यहा पानीको अभाव हुने गर्छ भने बर्षादमा खानेपानीको पाइप बगाउदा समस्या हुन गरेको हो । उहाँले ६ दिन देखि परेको अविरल बर्षाका कारण पाइप बगाइदिदा अहिले आकाशको पानी थापेर खान बाध्य हुनु परेको बताउनुभयो ।
यता देउलाी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष मोहन केशर कार्कीले बर्षेनी खानेपानीका धारा जडामा बृद्धि हुनु र प्राकृतिक प्रकोपका कारण यस क्षेत्रमा खानेपानी अभाव सिर्जना हुने गरेको बताउनुभयो । उहाले सीमित रकमले यत्रो आयोजनालाई धान्न मुस्किल पर्ने बताउदै सरकारी स्तरबाट कही कतैबाट सहयोग नपाएका बताउनुभयो ।
धरान खानेपानी आयोजनासंग सम्बन्ध न नभएको यो आयोजनामा देउरालीमा मात्र १ हजार ८ सय ५० घर धुरीले यही पानीको प्रयोग गर्ने गरेका छन् । आयोजनाले आपटारमा २०÷२० घन मिटरको ४ वटा, झोरापाटनमा २वटा २० घनमिटरको खानेपानी ट्यांकी राखेका छन् । यही शेरा खोलाको पानी धरान ४ साउने, खैरेनी, धरान ५ देउराली र धरान ६ पानीबारीमा समेत प्रयोग गरिने भएकोले बर्षेनी खानेपानीको अभाव चुलिद गएको हो ।
हिउद र बर्षा दुवै सिजनमा खानेपानीको अभाव झेल्दै आएका उनीहरुले खानेपानीको आपूर्ति सहज बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग माग गरेका छन् ।
