अविरल बर्षाका कारण मुलुकभरि ६० भन्दा बढीको मृत्यु, र्सैयौ बेपत्ता, यातायात अवरुद्ध

धरान÷लामो खडेरीपश्चात एक्कासी सक्रिय भएको मनसुनसँगै गत विहीबारदेखिको अविरल बर्षाका कारण मुलुकको जनजीवन अस्तव्यस्त भएको छ । बर्षासँगै आएको बाढी, पहिरोमा परेर ६० जना भन्दा बढीको मृत्यु भएको, कैयौ बेपत्ता भएको, कैयौको सकुसल उद्धार गरिएको छ भने बाढी पहिरोले सडक तथा पुलहरुमा क्षति पु¥याउँदा आवागमन समेत ठप्प भएको छ ।
प्रहरी प्रधान कायालयको तथ्यांक अनुसार मृत्यु हुनेमा २२ जना महिला र २८ जना पुरुष रहेका छन् । बाढी पहिरोमा परी काठमाण्डौमा ३, ललितपुर र भोजपुरमा ५÷५जना, ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ्ग, काभ्रे र सिन्धुलीमा ३÷३ जना, धादिङ्ग, झापा, बारा, धनुषा र डोल्पामा दुई दुई जना, इलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एक÷एक जनाको मृत्यु भएको छ ।


यसैगरी बाढी पहिरोमा परेर काठमाण्डौमा १८५ जना, ललितपुरमा ८ जना, उदयपुरमा १० जना, रौतहटमा दुईजना, महोत्तरीमा ५जना, सिराहामा २ जना, सर्लाहीमा १ जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङ्गमा १÷१ जना गरी १ हजार १ सय ४ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, इलाम र मोङ्गरमा तीन÷तीन जना, काठमाण्डौ, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा महोत्तरी, रौतहत, सिराहा, धनुषा र धादिङ्गमा एक÷एक जना गरी ३५ जना बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको छ । यस्तै मकवानपुरमा ४ जना, ललितपुरर धनकुटामा तीन÷तीन जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई÷दुई जना काठमाण्डौ, भक्तपुर, खोटाङ्ग, रामेछाप, धादिङ्ग, दोलखा र चितवनमा एक÷एक जना गरी जम्मा २५जना सख्त घाइते भएका छन् । घाइतेमध्ये १० जना महिला र १५ जना पुरुष रहेका छन् ।
हाल अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनिकरण र उद्धारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख,प्रहरी नायव महानिरीक्षकहरु लागायत सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली खटिएका छन् । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाहरुमा पीडित घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकायहरु र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुको साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हँटाउने काम गरेको छ ।

सरकारी समाचार माध्यमको अफवाह

नेपालको सरकारी सञ्चार माध्यमले त्यसैपनि प्रधानमन्त्री केपी ओलीको चाकडी गर्छन् । चाकडीले चलेका सरकारी सञ्चार माध्यमले कतिसम्म भ्रम फैल्यायो भने सप्तकोशीका ढोकाहरु बन्द गर्न
भारतको दबाब आयो भन्दै सशस्त्र प्रहरीका इनिस्पेक्टर सुरेन्द्र भण्डारीको हवलादिदँै राससलेसमाचार सम्प्रेषण ग¥यो ।
रासस सरकारी संचार माध्यम भएकोले त्यसलाई अन्य सामजिक संजालहरुले भाइरल बनाए । तर जसको हवाला दिएर समाचार सम्पेषण ग¥यो तिनै व्यक्ति अर्थात इनिस्पेक्टर भण्डारी आश्चर्य चकित भए । उनले भने भारतले ढोका बन्द गर्न कुनैदबाब दिएको छैन । दिनै परे पनि टप लेवलमै वार्ता हुन्छ आफू जस्तो एउटा साधारण अफिसरलाई बन्द गर भनेर भन्ने कुरा पनि भएन भण्डारीले भने । प्रकाशित समाचारबाट भण्डारी दिनभरि टेन्समा देखिए । तर  राससको समाचारको भरपर्दो स्रोत कही फेला परेन । आखिरी त्यस्तो नियोजित समाचार एउटा सरकारी मिडियाले कसरी सम्प्रेषण ग¥यो ?

भ्रमपूर्ण समाचार सम्प्रेषणको उद्देश्य के ?

मुलुकमा बाढी पहिरोसँगै हरेक बर्ष समाचारको शीर्ष स्थानमा कोशी व्यारेज रहने गर्दछ । यसबर्ष सप्तकोशीमा ३ लाख ७४ हजार क्युसेक पानीको वहाव पुग्यो । एक लाख क्युसेक पानीको वहाव क्रस गर्ने वित्तिकै व्यारेजको क्षमता माथि विभिन्न सञ्चारमाध्यमहरुले भ्रमपूर्ण समाचार सम्प्रेषण गरे ।
नेकपा निकट रहेका सामाजिक सञ्जाल प्रयोेगकर्ता र र सञ्चार माध्यमहरुले इतिहासमै पहिलो पटक प्रधानमन्त्री केपी ओलीको निर्देशनमा कोशी व्यारेजका ५६ ढोका खोलिए, ढोका बन्द गर्न भारतीय दबाब आएको जस्ता भ्रमपूर्ण समाचारहरु आए । तर वास्तविकता त्यसतो थिएन । न त प्रधानमन्त्री ओलीको निर्देशनमा व्यारजका ५६ ढोका खुलेका थिए न त भारतको ढोका बन्द गर्न कुर्नै दबाब आएको थियो ।
कोशी व्यारेजको वहाव क्षमता ९ लाख ५० हजार क्युसेक रहेको छ । बालुवाले पुरिएका कारण एकलाख क्युसेक भन्दा बढी पानीको वहाव हुँदा पानीको सतह अत्याधिक देखिने गर्छ । कोशी व्यारेज कन्ट्रोल रुम स्थित रहेको नेपाल प्रहरी पोष्टका असई ईश्वर दाहालका अनुसार कोशी व्यारेजको सम्पूर्ण रेखदेख, मर्मत सम्हार भारत सरकारले नै गर्दे आएको छ । शनिवार पानीले पुलको सतह छुन लाग्दा ५६ वटै ढोका खोलियो दहालले भने । शनिवार कोशीको बहाव ३लाख ७४ हजार पुगेपछि भारतको पट्नाबाटै अधिकारीहरुले खोल्न आदेश दिएका थिए । गेट नं. १, २,र ३ खोलिदा त्यहाँ जम्मा भएका वालुवा बगेर जाँदा पानीको सतह आफै घट्ना थालेको थियो ।
पटनाका अधिकारीले आदेश दिएपछि कोशीका ५६ ढोका खोलिएको कन्ट्रोल रुम व्यारेजका इन्जिनियर विजयकुमार सिंहले बताए । उनी कोशी आयोजनाका उपल्ला स्तरका इन्जिनियर हुन् । उनी भन्दा सात तह मुनिका सहायकलाई कोशीको कन्ट्रोल रुमको जिम्मा दिइएको छ । पानीको बहाव एक्कासी बढेपछि सिंह आफै कोशी
व्यारेज आएका थिए । सन् २००४ मा कोशी व्यारेजमा पानीको सतह यसैगरी बढेको थियो ।
त्र

तपाईको प्रतिक्रिया