लगातारको बर्षाले धरान देउरालीका बासिन्दालाई सास्ती

धरान÷ एक हप्ता भन्दा लामो समयदेखि लगातार आएको बर्षाका कारण धरान ५ देउरालीका सर्वसाधारण सास्ती भोग्नु परेको छ ।
लागाारको बर्षाका कारण खोलामा बाढी आउदा उनीहरुलाई समस्या भएको हो । खोलामा पुल निर्माण भएपनि सम्पन्न हुन अझै समय लाग्ने भएकाकारण उनीहरुलाई धरान बजारसम्म आउन मुस्किल परेको हो ।
सुविधा सम्पन्न धरान उपमहानगरपालिकाकाको ५ न मा पर्ने देउरालीका सर्वसधारणलाई त्यहाबाट मुख्यबजारसम्म आइपुग्न अधेरी खोला र सेउती खोला तर्नुपर्ने बाध्यता छ । यी दुवै दुवै खोलामा पुल निर्माण धमाधम भएकोले खोलामा आएको बाढीले वारिपारि गर्न नसक्ने अवस्था भएपछि त्यहाका सर्वसाधारण धरानसम्म आवातजावत गर्न मात्र हैन, विद्यालय जाने बालबालिका समेत प्रभावित बनेका छन् ।
धरान ५ अधेरी खोलामा करिब १ सय मिटरको पुल १ बर्ष भन्दा लामो समयदेखि निर्माण कार्य शुरु भएपनि २५ प्रतिशत पनि पुलको काम भएको छैन भने १ सय १० मिटरको सेउती खोलामा निर्माणाधीन पुल समेत ५० प्रतिशत काम सकिएको छैन । बर्षेनी बर्षादको समयमा आउने बाढीले सताएका उनीहरु पुल निर्माण होला र सहज ढंगले सवारी साधन लिएर
धरान जान पाउला भन्ने आशा पनि समयमै पुल निर्माण नहुदा उनीहरुको सपना हात्ती आयो हात्ती आयो फुस्सा झै भएको छ ।
एकातिर हिलाम्मे बाटो अर्कोतर्पm समयमै पुल निर्माण नहुदा धरान बजारसम्म आउने ४ किमी दूरीको बाटो घुरेर धरान १५ बगरकोटको पुल तरेर करिब १० किमीको बाटो तय गर्नुपर्ने बाध्यता भएको स्थानीय आकाश लिम्बु बताउनुहुन्छ ।
समयमै पुल नबन्दा खोलामा आएको बाढीका कारण सबैभन्दा बढी प्रभावित विद्यालय जाने बालबालिका मार्कामा परेको स्थानीय भोगेश्वर कार्की बताउनुन्छ । उहाले धरानका सर्वसाधारणमात्र हैन मोरङका केराबारी, याङशिला लगायतका सर्वसाधारणलाई धरान आवातजावतमा समस्या हुने गरेको बताउनुभयो ।
यतिमात्र हैन बर्षाद्को समयमा खोला किनारामा घर बनाउने सर्वसाधारण रातभर निदाउदैनन् । उर्लिएर आएको बाढीले घरबारमात्र हैन ज्यान नै लाने हो कि भन्ने पिरले अहिले उनीहरु नदिएका हुन । यता निर्माणमा जुटेका मजदुरहरु भने बर्षादका कारण पुल निर्माणमा ढिलाइ भएको बताउछन् । निर्माणमा मजदुर मोहम्मद रजात मन्सुरीले बर्षाद्कै कारण एक पटक हुन काम दुई दुई पटक गर्नुपर्दा ढिलाई भएको बताउनुहुन्छ ।
सहायक राजमार्गको रुपमा मानिएको यो सडकखण्डमा पर्ने दुईवटा पुल निर्माणको जिम्मा सडक डिभिजन कार्यालयले लिएको स्थानीयहरु बताउछन् । यस विषयमा बुझ्न ठेकेदार हसमुल मन्सुरी मियासंग उहाको मोवाइल नं. ९८११०४३१७३ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
स्थानीय सरकार आएपछि विकासका कामले तिब्रता पाउला भन्ने सोचेका सर्वसाधारणले कामले तिब्रता नपाउदा स्थानीय सरकार भएको आभाष नै पाएका छैनन् । विगतमा पाचकन्या गाविसमा रहेको यो वडा धरान उपमहानगरपालिकामा गाभिएपछि विकासले गति लिने जुन अपेक्षा लिएका थिए त्यो अनुरुपको काम नभएको गुनासो त्यहाका सर्वसाधारणको छ ।

तपाईको प्रतिक्रिया