नपा जनप्रतिनिधिहरुलाई कडा निर्देशन

इनरुवा÷इनरुवा नगरपालिकामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीले सात बुँदे कडा निर्देशन दिएको छ ।
नेकपाको केन्द्रीय सदस्य तथा पूर्व सभासद धर्मराज निरौलाको निर्देशनमा इनरुवा नगर समितिका अध्यक्ष तीर्थ अधिकारी र सचिव तोया गिरीद्वारा निर्वाचित जन प्रतिनिधिहरुलाई त्यस्तो निर्देशन दिएको हो । निर्देशनमा भनिएको छ, आव ०७६÷०७७ को बजेटमा काँग्रेसबाट निर्वाचित मेयर राजन मेहताले गरेका अस्वभाविक खर्चको अनुमोदन नगर्ने, मेयरले अवैधानिक रुपले नियुक्त गरेका कर्मचारीहरुको एकीन गरी कार्यपालिका बैठकमा आवश्यक छलफल गरी करार अवधि थप गर्ने, विकास बजेटमा केन्द्रित रहने, दश हजार भन्दा माथिको रकम खर्च गर्नुपर्नेै भएमा कार्यपालिकाको बैठकबाट निर्णय गराउनुपर्ने, नगरपालिकाले खरिद गरेका उपकरणको खर्च र त्यसबाट भएको आम्दानी सार्वजनिक गर्नुपर्ने, बजेटमा गरिब परिवारका पाँच हजार परिवारलाई प्रत्यक्ष लाभ पुग्ने स्वास्थ्य विमा गर्नुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया