मुलुकमा यतिबेला नेपालको दुई तिहाइको सरकार छ । तर
सरकारले गर्ने हरेक निर्णय विवादास्पद, जनमानसमा भ्रम फैल्याउने मात्र नभएर सदियौदेखि सुमधुर सम्बन्ध रहेको छिमेकीसँगको सम्बन्धमा जानी जानी दरार उत्पन्न गराउने काम गर्दैछ ।
भारत नेपालको सबैभन्दा ठूलो सहयोगी राष्ट्र हो । यसमा कसैको विमति र दुई मत छैन । भारतले नेपालका हरेक विकास योजनाहरुमा सहयोग पु¥याउदै आएको छ । तर कुटनैतिक ज्ञान र नेतृत्व क्षमताको अभावमा यदाकदा सम्बन्धका विविध आयामहरुमा कटुता उत्पन्न गर्ने काम खास गरेर नेपालीपक्षबाट हुने गरेका छन् ।
पछिल्लो पटक नेपालमा भारतबाटआयात गरिने फलफूल र तरकारीका सम्बन्धमा नेपाल सरकारको अदुरदर्शी निर्णय चर्चाको विषय बन्यो । यो चर्चाको विषय बन्नु हुने थिएन । भारतबाट आयात गरिने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने निर्णय नेपाल सरकारले असारको पहिलो हप्ता ग¥यो । निर्णय गर्न सजिलो छ तर त्यसकालागि चाहिने पूर्वाधार बनाउनु पर्दैन ? निर्णय गरेसँगै विषादी परीक्षण हुने हो र ?
सरकारलाई मात्र होइन आम नागरिकलाई थाहा छ नेपालमा तरकारी, फलफूल भारतबाट आयात नहुने हो भने नेपाली बजारमा यी कुराको अभाव हुनेछ । नेपाली उत्पादनले धान्न सक्ने अवस्थै छैन । तर पनि सरकार हचुवाको भरमा निर्णय गर्न उद्धध रहने गरेको छ । नेपालका भन्सार नाकाहरुमा फलफूल र तरकारी बोकेका ट्रकहरु झण्डै हप्ता दिन सम्म अड्किदा त्यसको अवस्था कस्तो भयो होला ? भारतीय फलफूल र तरकारी आउन छाडेपछि नेपाली बजारमा यी दुवै वस्तुको मूल्य रातारात आकासियो । सामान्य कमाई भएका नेपालीहरुको भान्सामा तरकारी पाक्न छाड्यो भने विरामीहरुले स्याउ लगायतका फलफूल किनेर खानै नसक्ने अवस्थामा पुगे । सामान
रोक्ने तर परीक्षण नगर्ने सरकारको रवैयाको चौतर्फी विरोध हुन थालेपछि विहीबार अचानक मन्त्री परिषद्मा विसादी परीक्षण नागरीकनै आयात गर्न दिने निर्णय ग¥यो । त्यस प्रकारको निर्णय गर्नुु नै थियो भने परीक्षणको नाटक गरेर मालवाहक ट्रक हप्तादिनसम्म रोकेर दुःख दिनुको औचित्य के ?
नेपालको कृषि मन्त्रालयसँगै विषादी परीक्षणको काम गर्ने संयन्त्र छैन । समयमा नेपाली कृषकहरुाई मल, विउ,विजन, उपलब्ध गराउन नसक्ने कृषि मन्त्रालयसँग विषादी परीक्षण गर्ने दक्ष जनशक्ति र प्रयो्गशाला हुने कुरा पनि भएन । प्रयोगशाला र पर्याप्त पूर्वाधार विना सरकारले भारतबाट आउने फलफूल र तरकारीको परीक्षण गर्छु भन्नु हास्यास्पद मात्र हो । यहाँ भन्नै पर्ने कुरा के छ भने भारतबाट आउने फलफूल र तरकारीमा विषादी परीक्षण गर्ने जुन रटान सरकारले लगायो त्यसैगरी चीनबाट आउने फलफूल र तरकारीमा किन विषादी परीक्षणको काम सरकारले गर्दैन ? पछिल्ला केही समय यता चीनबाट स्याउ, तरकारी लगायतका समाग्री नेपालमा आइहेको छ । तर ती वस्तुको विषादी परीक्षणको कुरा समेत आजसम्म उठेको छैन । यो नेपाली जनताका लागि सोचनीय विषय हो । चौतफी विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तयारी पछि विदेशबाट आयात हुने र मुलुकभित्र उत्पादन हुने तरकारी तथा फलफूलमा
रहेको विषदी परीक्षण गर्ने बताएका छन् । उनले विना संकोच कृषि तथा पशुपति विकास मन्त्रालयले पर्याप्त तयारी विना नै भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय
गरेको भन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ । क्याविनेट निर्णय भएर राजपत्रमा आसार २ गते सूचना प्रकाशित गर्ने अनि दोषचाहिँ कृषि तथा पशुपंक्षी मन्त्रालयलाई दिएर उम्कन खोज्ने प्रधानमन्त्री ओलीको एउटा चाल मात्र हो । यसभन्दा अगाडि परीक्षण गराउनुपर्ने आवश्यकता सरकारले कहिल्यै देखेन । सस्तो लोकप्रियताकालागि प्रधानमन्त्री ओलीले गरेको यो एउटा दुष्कर्म मात्र थियो । अब आगामी दिनमा परीक्षण गराउने हो भने भने पहिला आफ्नो पूर्वाधार तयारी अवस्थामा राख्नुपर्छ ।
