सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीको सपथ कार्यक्रम सम्पन्न

धरान÷ सुनसरी उद्योग वाणिज्य संघको २३ औं कार्यकारिणी समितिको जेष्ठ २७ गते निर्वाचित पदाधिकारीहरुको सोमबार एक कार्यक्रमको बीच सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा भएको सपथग्रहण प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारी, वन,उद्याग तथा पर्यटनमन्त्री जगदीश कुसैयतका समुपस्थितिमा निर्वाचित अधिकृत डा. राजेन्द्र्र शर्माले सपथग्रहण गराउनु भएका थियो ।
सो अवसरमा सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष गिरीधारी सापकोटासहित वाणिज्यतर्फको नवनिर्वाचित सदस्यमा अशोक जैन डागा, दिनेश राई, मानबहादुर विश्वकर्मा, मनोज श्रेष्ठ, नविन राजभण्डारी, राजेश अग्रवाल, शशी साह, सीताराम आचाय तथा महिला सदस्य सुभच्छा अधिकारी (श्रेष्ठ) लाई सपथग्रहण गराइएको थियो । यसैगरी उद्योगतर्पmको निर्वाचित सदस्य पियुष राज आचार्य, महेन्द्र प्रधान प्रभाव खतिवडा र विष्णु बराल एसोसिएट्सतर्फ अनिलकुमार अग्रवाल, गोपाल श्रेष्ठले र राजेश अग्रवाल गोयल, शिवराज श्रेष्ठ, रामस्वरुप शर्मा र एलिना मगर मगरलाई सपथग्रहण गराइएको थियो । सोही कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र साहले नवनिर्वाचित पदाधिकारीहरुलाई पदहस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया