धरान÷भारतका मुर्धन्य साहित्यकार र पत्रकारहरुलाई धरानमा एक समारोह बीच भव्य स्वागत गरिएको छ ।
भारतको दिल्ली, हरियाणा, कलकत्ता, विहार र बंगालबाट आउनु भएका ९ जना साहित्यकार तथा पत्रकारहरुलाई गत शुक्रबार भव्य स्वागत गरिएका हो ।
कवि जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठान विराटनगरको निमन्त्रणमा जेष्ठ १५ गते विराटनगर आउनु भएका उहाँहरु जेष्ठ १७ गते धरान आइपुग्नु भएको थियो । त्यसभन्दा पहिलो जेष्ठ १६ गते नेपाल भारत मैत्री संघ, मोरङ्ग, विाटनगर उपमहानगरपालिकार प्रतिष्ठानका तर्फबाट उहाँहरुलाई स्वागत गरिएको थियो । दुई देशको साहित्यलाई नजिकबाट नियाल्ने, साहित्यकारका बीचमा विचार विमर्श गर्ने उद्देश्यका साथ कवि जगन्नाथ गुरागाई, साहित्य प्रतिष्ठानको आमन्त्रणमा उहाँहरु विराटनगर आउनु भएको थियो । गत बर्ष नेपालका साहित्यकारहरु समेत यसैगरी भारतको अमेठी पुगेका थिए ।
धरानमा उहाँहरुलाई नेपाली लेखक संघ सुनसरी, मोति स्मरण समिति सुनसरीले संयुक्त रुपमा रुद्राक्षको माला लगाएर स्वागत गरेको थियो । स्थानीय गीता भवनमा भएको स्वागत कार्यक्रममा भारतबाट आउनु भएका साहित्यकार एवम पत्रकारहरुमा डा. कुँवरवीर सिंह मर्तण्ड, मधुसिंह शर्मा, अनिता भाटी, सुशिल शैली, डा. ववली बशिष्ठ
(हेमलता), डो कर्मवीर सिंहानिया, भोगेश समदर्शी, राज ख्यालिया, हरियाणका पत्रकार एवम् साहित्यकार अशोक भाटी रहनु भएको नेपाल लेखक संघ सुनसरीका अध्यक्ष डा. गोपाल भण्डारीले जानकारी दिनुभयो । धरानमा एको स्वागत कार्यक्रमपश्चात उहाँहरु पूर्वको रमणीय स्थल भेडेटर, धनकुटन भ्रमणका लागि जानु भएको र १८ गतृे विराटनगर फर्कने मोति स्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाले जानकारी दिनुभयो ।
