नेपाल खेलकूदपत्रकार मञ्चद्वारा यस वर्ष प्रदान गरिने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपल्स च्वाइस’मा परेकापाँच खेलाडी मनोनयन सार्वजनिक गरेको छ ।
मनोनयनमा पर्ने खेलाडीमा सन्दीप लामिछाने (क्रिकेट), प्रिन्स दाहाल (ब्याडमिण्टन), सावित्रा भण्डारी (फुटबल), रेश्मा भण्डारी (भलिबल) र महेश्वर महर्जन (शारीरिक सुगठन) रहेका छन् ।
नेपालले खेलेका सबै अन्तर्रा्ष्टिूय प्रतियोगितामाउल्लेखनीय योगदान र्पुयाएकास क्रिकेटका सन्दीप मनोनयनमा परेका हुन् । सन्दीपले नपालले जितेको पहिलो एक दिवसीय अन्तर्रा्ष्टिूय खेलमा नेदरल्याण्ड्सविरुद्व प्रभावशाली प्रदर्शन गरेकाथिए । उनी प्रतियोगितामा सर्वा्धिकविकेट लिने खेलाडी हुन् ।
यस्तै ब्याडमिण्टनका प्रिन्सले युनाइटेड अरब इमिरेट्समा सम्पन्नदुबई इन्टरनेशनलसिरिजमा यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए । उमेर समूहमा ब्याडमिण्टनमा अन्तर्रा्ष्टिूय प्रतियोगितामा स्वर्ण पदकदिलाउने उनीप हिलो खेलाडी हुन् ।
फुटलबकी सावित्रा घरेलु तथाअन्तर्रा्ष्टिूय प्रतियोगितामाउत्कृष्ट प्रदर्शन गरेकी छन् । भारतमा सम्पन्नअन्तर्रा्ष्टिूय हिरो गोल्ड कपमाउनले नेपाललाई उपविजेताबनाउन महत्वपूर्ण योगदान दिएकी थिइन् । महिला साफच्याम्पियनशिपमाउनी सर्वा्धिकगोलकर्ता बनेकी थिइन् । भलिबलकी रेश्मा राष्टिूयस्तरकाविभिन्नभलिबलप्रतियोगितामाउत्कृष्ट खेल प्रदर्शन गरेबापत छनोटमा परेकीहुन् ।
यस्तै शारीरिक सुगठनका महेश्वरले २०७५ सालमाशारीरिक सुगठनमा नेपाललाई अन्तर्रा्ष्टिूय उपाधि दिलाएका थिए । उनले थाइल्याण्डको चियाङमाईमा सम्पन्न १०औँ विश्वशारीरिक सुगठन तथाफिजिकच्याम्पियनशिपमापुरुष७५ किलो तौल समूहतर्फ नेपाललाई स्वर्ण पदकदिलाएकाथिए ।
मनोनयनमा परेकामध्ये एक जनालाई एसएमएस भोटिङ, फेसबुक लाइक, नेपाल खेलकूदपत्रकार मञ्चका सदस्यहरुको मत र राष्टिूय खेल सङ्घकामुख्यप्रशिक्षकहरुको मतलाई आधार मानेर छनोट गरिने आइतबार आयोजितपत्रकार सम्मेलनमा आयोजक मञ्चका अध्यक्षदुर्गानाथ सुवेदीले जानकारी दिए ।
एसएमएस भोटिङको मतभार ५० प्रतिशत, फेसबुक लाइकको २५ तथा खेलकूदपत्रकार मञ्चका सदस्य र विभिन्न खेल सङ्घकामुख्यप्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ ।
(रासस)
