धरान÷लामो छलफल र प्रयत्नपश्चात छापा सञ्चारगृहहरु संगठित भएका छन् । उस्तै प्रकारका समस्या भोग्दै आएका छापा सञ्चार गृहका सञ्चालकहरुले आगामी दिनमा सामुहिक रुपमा समस्याको समाधान गर्ने पहल गर्ने भएको छ ।
नवगठित गृह संघको संयोजकमा औजार प्रकाशन सहकारी संस्थाका अध्यक्ष मोतिराज सुनुवार, सह संयोजकमा पिपुल्स मिडिया सर्भिस नेपाल प्रालिका निर्देशक सागर भट्टराई, फास्ट टाइम्स सम्पादक केशव घिमिरे, सचिव रहनु भएको छ । यसैगरी सदस्यमा धरान साप्ताहिकका सम्पादक÷प्रकाशक मणिराज भट्टराई, दिव्यरोशी साप्ताहिककी सम्पादक प्रकाशक मनिता चाम्लिङ्ग, महाप्रतिवाद साप्ताहिकमा सम्पादक तारा लामगादे, विजयपर साप्ताहिकी सम्पादक÷प्रकाशक गंगा बराल, कोशी मिडिया प्रा.लि.का अध्यक्ष शंकर घिमिरे, हाम्रो कोशी आवाजका प्रकाशक शेखर जोगी रहेका छन् ।
