टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोर÷÷मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने केरावारी सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधबार बिहान ९ः१५ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले बिपरीत दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक केरावारी गाउँपालिका–९ का ४८ बर्षीय बम बाहदुर बस्नेत गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारकै क्रममा बिहान १०ः४० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा
रहेका छन् ।

तपाईको प्रतिक्रिया