बाटो खन्ने क्रममा रुख ढलेर एक बालकको मृत्यु

इलाम÷ईलामको सुर्योदय नगरपालिका–६ तारागाँउ बाट हर्कटेको थापागाउ जाने भित्रि बाटो खन्ने क्रममा रुख ढलेर सोही स्थान बस्ने १२ बर्षीय भेषराज गजमेरको मृत्यु भएको छ ।
शुक्रबार बिहान सँवा ९ बजेको समयमा को १ ख २४२७ नम्बरको जेसिबिले बाटो खन्ने क्रममा रुख ढाल्दा स्कुल पढ्न गएका सोही स्थान बस्ने १४ बर्षीय कृतिका रसाईली र भेषराज गजमेर  रुखले लागेर घाइते भएका थिए ।
घाइते दुवैजनालाई उपचारको लागी सुर्योदय पोलिक्ल्निक फिक्कल पठाईएकोमा भेषराज गजमेरको उपचारको क्रममा  बिहान पौने १० बजेको समयमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा तत्काल प्रहरी चौकी हर्कटे र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको प्रहरी टोलीले  जे सि बि र चालक मोरङको
बिराटनगर बस्ने २९ बर्षिय राजेन्द्र तामाङलाई नियन्त्रणमा लिएको
प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया