भोजपुर÷भोजपुरको पौवादुम्मा गाँउपालिका ३ च्याङ्ग्रेमा धारिलो हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो ३ बजेको समयमा सोही स्थान बस्ने वर्ष ४२ को कुमार श्रेष्ठले आफ्नै भान्जी बुहारी पर्ने वर्ष २८ कि मनिकला शाक्य र बर्ष १७ कि भद्रिका राईलाई घरमा आई धारिलो हतियार (बाम्फोक) ले प्रहार गरेका थिए ।
घटनाबारे जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी च्याङ्ग्रे र इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरीको टोली त्यहा पुगेको थियो । े टोलीले कुमार श्रेष्ठलाई धारिलो हतियार सहित पक्राउ गरको थियो ।
धारिलो हतियार प्रहारबाट भद्रिका राईको गाला र हातको औलामा चोट लागि स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने मनिकला शाक्यको टाउको, हातको औलामा चोट लागेकोले स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात साझँ साढे ५ बजेको समयमा थप उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भएको छ ।
त्र
