इटहरी÷सुनसरीको ईटहरी उपमहानगरपालिका–९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो । दिउँसो २ बजे शंकास्पद अवस्थामा हिडिरहेका सापकोटालाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रोसन ट्याब्लेट(१ सय ३६ चक्की र डाईलेक्स डि.सी. ४ बोतल बरामद गरेको थियो । लागऔषध सहित पक्राउ परेका सापकोटालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।
