पाँचथर÷पाँचथरको कुम्मायक गाउँपालिका–५ तमोर नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर एक जना विद्यार्थी बेपत्ता भएका छन् ।
सोमवार दिउँसो ३ बजेको समयमा पृथ्वी उच्च माध्यामिक विद्यालय यासोकबाट ७ जना शिक्षक र १ जना विद्यार्थी सहित ८ जना तमोर नदिको लमुघाटमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा सोही गाउँपालिका–१ गैरीगाँउ वस्ने वर्ष २० को डिल्लिहाङ नेम्वाङ (विद्यार्थी) बेपत्ता भएका थिए । घटना पश्चात सोही स्कुलका शिक्षकले अपरान्ह सवा ५ बजे इलाका प्रहरी कार्यालय यासोक र जिल्ला प्रहरी पाँचथरबाट गएको प्रहरी टोलीर्ले बेपत्ता भएका नेम्बाङको खोजी कार्य गरिरहेको
प्रहरीले जनाएको छ ।
