नेकपाको संगठन सुदृढिकरण विस्तार अभियान

धरान÷प्रतिबन्धित नेकपा (नेत्रविक्रम चन्द) ले केन्द्रीय निर्देशन बमोजिम पूर्वी कमाण्डद्वारा संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई तिब्र बनाइएको छ ।
देशको मध्यमाञ्चल र पश्चिमाञ्चलमा प्रहरीले नेकपा विरुद्धको अभियानलाई तिब्र पारिरहेको अवस्थामा उसले पूर्वमा भने संगठन सुदृढिकरण र विस्तार अभियानलाई तिब्रता दिएको हो । चैत्र ८ गते शुक्रबार नेकपाले आफ्नो दोस्रो चरणको अभियान समापन गरेको छ । दुई महिना अगाडिदेखि अभियान चलाएको नेकपाले त्यसको समीक्षा जनकपुर व्यूरोमा गरेको छ ।
नेकपाका पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विराहीको प्रमुख आतिथ्यमा भएको समीक्षा बैठकमा पोलिटव्यूरो सदस्य तथा जनकपुर व्यूरो अभियानकी कमाण्डर उषा भुजेलको सहभगिता
रहेको थियो । जनकपुर व्यूरोमा मात्र अभियानका क्रममा दुई हजार ५ सय ७० जनालाई सदस्यता वितरण गरेको दाबी भुजेलले गरेकी थिइन् । सो क्रममा २ सय ६१ वटा जनवर्गीय संगठन कमिटीहरु निर्माण, २७ वटा पार्टी सेल कमिटी निर्माण गरेको जनाइएको छ । यसैगरी मेची व्यूरोले दुई वटा श्रमदान, १९ वटा साँस्कृतिक कार्यक्रम, पिँढी कोण सभा २२ वटा, १४४ वटा जनवर्गीय संगठन कमिटी, १० वटा पार्टी सेल कमिटी निर्माण गरेको छ । कोशी व्यूरोले समेत अभियान अन्तर्गत १४४ वटा जनवर्गीय संगठन, १८ स्थानमा साँस्कृतिक कार्यक्रम, ११५ वटा पिढीसभा कोण सभा र २२ वटा जन सभा सम्पन्न गरेको जनाएको छ ।
सगरमाथा व्यूरोले समेत अभियान सम्पन्न गरेको र तेस्रो अभियान दुई महिनापछि सञ्चालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया