धरान÷नेकपा (नेत्रविक्रम चन्द) का गतिविधिमाथि राज्यले प्रतिबन्ध र चैत्र मसान्त सम्ममा हतियार बुझाउन अल्टिमेटम दिएसँगै प्रहरीले उसका नेता–कार्यकर्ता प्रक्राउ गर्न देशका अन्य भागमा जस्तै पूर्वमा पनि सर्च अभियानलाई तिब्र बनाएको छ ।
प्रशिक्षण, सांगीतिक कार्यक्रम, संगठन विस्तार लगायतका गतिविधिमा सहभागी नेता तथा कार्याकर्ताहरुलाई प्रहरीले पछिल्ला केही दिन यता धमाधम प्रक्राउ गर्न थालपछि उनीहरुलाई नछोडे सशक्त प्रतिकार गर्ने पूर्वी कमाण्डर अनिल शर्मा विरहीले चेतावनी दिएका छन् ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगर अन्तर्गत मोरङ्ग प्रहरीले आइतबार कानेपोखरी गाउँ पालिकाको बयरवन स्थित नारायणचौकबाट कोशी व्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ र सदस्य माधव गौतमलाई प्रक्राउ गरेको थियो । व्यूरो इन्चार्ज श्रेष्ठलाई र गौतमलाई गहन अनुसन्धानका लागि भन्दै इलाका प्रहरी कार्यालय धरानम राखिएको छ । दुवैलाई पाँच दिनको म्याद समेत थप गरिएको छ । धरान प्रहरीले यसभन्दा अगाडि पानमारा चोक्टीबाट देवकुमार लिम्बुलाई अत्याधुनिक हात हतियारसहित प्रक्राउ गरेको थियो । प्रक्राउ परेका लिम्बु कोशी व्यूरो सदस्य हुन् । प्रदेश नं. १ को ग्रामीण क्षेत्र र पहाडी इलाकाहरुमा नेकपा विप्लवको गतिविधि बढेको र त्यस्ता गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी परिचालित भएको प्रदेश प्रहरी प्रमुख केदार रिजालले बताउनुभयो ।
यसैबीच नेकपाका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द्रले सोमबार एक विज्ञप्ती प्रकाशित गरी केपी ओली नेतृत्वको सकारलाई चैत्रभित्र आफनो पार्टीमाथि लगाइएको प्रतिबन्ध हँटाउन अल्टिमेटम दिँदै चरणवद्ध आन्दोलनको घोषणा समेत गरेको छ । विप्लवद्वारा जारी विज्ञप्तीमा भनिएको छ, केपी प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनता माझ अलोकप्रिय, असफल र संकटग्रस्त बन्दै गएको छ । हाम्रो पार्टीले राष्ट्रघाती, जनघाति, भ्रष्ट, ठग, मानव तस्कर, मजदुरमाराहरुलाई जनताको माग र चाहना बमोजिम जनकारबाही गदैै जाँदा जनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्ना अफलता, बदनामी र संकटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै नेपाली श्रमिक जनताको प्रतिनिधि हाम्रो पार्टीमाथि प्रतिबन्धको घोषणा गर्दै चरम फाँसीवाद लाद्न पुगेको छ । फाँसीवादको सारा राजनीतिक पार्टी, मानव अधिकारवादी संघ संगठन, नागरिक समाज,, बुद्धिजीवि, पत्रकार, प्रतिष्ठित कलाकार लगायतले विरोध गरिरहेका छन् । विज्ञप्तीमा भनिएको छ तर केपी सरकारले हाम्रा पार्टीका स्थायी समितिका सदस्य एवम् मध्य कमाण्ड इन्चार्ज सुदर्शन, पिविए जीवन्त, केन्द्रीय सदस्यहरु प्रज्वलन, बन्धु लगायत दर्जनौ नेता कार्यकर्ताहरुलाई गिराÏतार गरेको छ भने देश व्यापी अप्रेशन सञ्चालन गरिरहेको छ । ओली सरकारको यो फाँसीवादी, निरंकुश,, दमनकारी अपराधिक दमनका विरुद्ध र सुदर्शन लगायतका नेताहरुको रिहाईको निम्ति स्थायी समितिको निर्णय अनुसार चैत्र १६ गते शनिवार देशयापी आम हड्तालसहित नेपाल बन्दको आवहान गर्दछौं ।
विज्ञप्तीको अन्तमा भनिएको छ नेपाल बन्द हाम्रो चाहना नभई फाँसीवादी दमनका विरुद्ध बाध्य भएको जानकारी आम जनतामा गराउन चाहन्छौं । यो बन्दले कक्षा १० का विद्यार्थीहरुको एसईई परीक्षालाई बाधा नपरोस भन्नकालागि शनिवारका दिन आयोजना गरिएको अवगत गराउन चाहन्छौं । यसैगरी केपी ओलीको फाँसीवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदशी लगानी भिœयाउने हावादारी प्रचार गरिरहेको छ । यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरुको पैसामा दलाली गर्ने र जनतामाथि लुट थोपर्ने नाटकमात्र हो भन्ने स्पष्ट गर्दछौं । े बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोधमात्र भएकोले १६ गतेको बन्दप्रति कुनै अन्तर्राष्ट्रिय समुदाय भ्रमित तरंगित नहुन पनि उसले विज्ञप्तीमार्फत आग्रह गरेको छ । विज्ञप्तीमार्फत उसले आफ्ना संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत १३ चैत्रमा देशभरि चौक जुलुस, १४ गते देशभर कोण सभा, १५ गते मसाल जुलुस, १६ गते नेपाल बन्द, १९ गते देशभरि अन्तक्र्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कलो झण्डा प्रदर्शन, २४ गते ेदेशव्यापी जनप्रदर्शन र जनसभा गर्ने जनाएको छ ।
