सुनसरीमा एसईईमा १३,१०३ विद्यार्थी सहभागी

धरान÷सुनसरी जिल्लामा यस पटकको एसईई परीक्षामा १३ हजार १ सय ३ जना विद्यार्थी सहभागी भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख गोविन्द पोख्रेलका अनुसार नियमिततर्फ १२ हजार ४ सय ९९ विद्यार्थी सहभागी भएका छन् । जसमा छात्रको संख्या ६ हजार २ सय ९० र छात्राको संख्या ६ हजार २ सय ९ रहेको छ । यसैगरी प्राविधिक धारतर्फ २ सय ५० र ग्रेडवृद्धितर्फ छात्र र छात्रा दुवै गरी ४ सय ४ रहेका छन् । विगतमा ४६ वटा परीक्षा केन्द्र रहे तापनि यसपटक प्राविधिक धार र ग्रेड वृद्धिका लागि थप एक÷एक परीक्षा केन्द्र निर्धारण गरिएको पनि पोख्रेलले जानकारी दिनुभयो ।
आइबारदेखि शुरु भएको एसईई परीक्षा विगतको जस्तो फलामे ढोकाको रुपमा नरहेको पब्लिक हाइस्कुल धरानका प्राचार्य इन्द्रमोहन झा बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ परीक्षालाई लिएर  न त विद्यार्थीहरु संवेदनशील छन् न त विद्यालय । ग्रेडिङ्ग सिस्टमले गर्दा शैक्षिक गुणस्तर खँस्कदै गएको पनि उहाँले बताउनुभयो ।  पहिला एसएलसी पास गर्नका लागि विद्यार्थीहरुले कडा मेहनत गर्थे ।  अब विद्यार्थीमा त्यो तरिकाले मेहनत गर्नुपर्छ भन्ने सोच नै छैन । शिक्षाको गुणस्तर घटेकोमा शिक्षाविद् सुवर्ण थापा पनि सहमत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ शिक्षा प्रणाली नै गलत बाटोमा गएको छ, एक्जाम दिएपछि पास भइहाल्छु भन्ने मानसिकता विद्यार्थीमा देखियो, यो राम्रो हैन थापाको कथन छ ।
आइतबारबाट शुरु भएको एसइइ परीक्षामा ४ जना नेत्रहीन र ५ जना कैदीहरुले समेत परीक्षा दिएका छन् ।
ज्ञानचक्षु विद्यालयमा अध्ययनरत हीनाकुमारी चौधरी, मनिकुमार तामांग, दिलकुमारी विश्वकर्मा र समिर लिम्बूले सहयोगीका साथ धरान ८ सहीद स्मृति माविबाट परीक्षा दिएका हुन् भने विभिन्न अपराधमा जेल भुक्तानी गर्दै आएका झुम्का कारागारमा रहेका ५ जना कैदी बन्दी विद्यार्थीहरुले भासी मावि सुनसरीबाट परीक्षा दिएका हुन् ।
अत्यन्तै सौहाद्र्धपूर्ण ढंगबाट परीक्ष सञ्चलान भइरहेको जिल्ला शिक्षा कार्यालय सुनसरीका प्राविधिक सोममणि कोइरालाले बताउनुभयो । धरानमा समेत सबै केन्द्रमा सौहाद्र्धपूर्ण परीक्षा भइरहेकोे बताइएको
छ । नेत्रहीनलाई भने सहयोगीको सहयोग चाहिने भएका कारण अन्य विद्यार्थीको भन्दा १ घण्टा ३० मिनेट बढी समय तोकिएको सहिद स्मृति मा.वि.का प्रअ तथा केन्द्राध्यक्ष रामबहादुर विष्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया