टेम्पो सहित लागू औषध ओसारपसार गर्ने चार जनालाई प्रक्राउ

भेडेटार ÷लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पो सहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई  नियन्त्रणमा लिएको छ ।
आईतवार बेलुका प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरान तर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने  क्रममा टेम्पोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ४ किलो लागुऔषध गाँजा फेला परेको थियो । गाँजा फेला परेसंगै टेम्पोमा सवार व्यक्तिहरुलाई सोधपुछ गर्ने क्रममा चालक सहित ४ जनाको नै संग्लग्नता रहेको खुल्न आएपछि टेम्पो चालक धरान उपमहानगरपालिका–११ का २० बर्षीय संजय लिम्बु, मोरङको बुढीगंगा गाउँपालिका–६ का १९ बर्षीय सोनु लिम्बु, २२ बर्षीय टंक लिम्बु र बुढीगंगा गाउँपालिका–५ का २० बर्षीय सोहन चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया