मोटरसईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापा÷आइतवार साँझ झापाको बुद्धशान्ती गाउँपालिका–२ झिलमिले पुल छेउमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । साँझ ६ः४० बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाईकलले बिपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री बुद्धशान्ती गाउँपालिका–३ का ३२ बर्षीय जीत कुमार राई गम्भीर घाईते भएका थिए । घाईतेलाई
उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक पाँचथरको फिदिम नगरपालिका–१ का २६ बर्षीय रिन्छे सेल्मुको सोही अस्पतालमा उपचार भईरहेको छ ।  दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय बुधवारेको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया