स्वर्ण पदक विजेता अजितलाई प्रदेश सरकारले पा“च लाख दिने

हङकङमा सम्पन्न तेस्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक विजेता सप्तरी निवासी अजित यादवलाई प्रदेश सरकारले पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले अजितलाई तेस्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश नं.२ को नाम समेत विश्वस्तारमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरूप पाँच लाख नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।
हङकङमा आइतबार भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुषतर्फ ३००० तीन हजार मिटर दौडमा आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै सप्तरी जिल्ला निवासी अजित कुमार यादवले नेपाललाई युथ एसियाली खेलकुदमा पहिलो पटक स्वर्ण पदक दिलाउन सफल भएका हुन् । अजित यादव यस प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी समेत बनेका छन् ।

तपाईको प्रतिक्रिया