धरान÷वि.सं. २०७२ साल वैसाख १२ गतेको महाविनासकारी भूकम्बाट क्षतिग्रस्त भएका सात जिल्लाका ७२ विद्यालयहरु पुनः निर्माण हुने भएका छन् ।
विद्यालय भवन क्षतिग्रस्त भएपछि विद्यार्थीहरुले हिउँद बर्षामा समेत खुल्ला आकाशमुनि पठनपाठन गर्नुपरेको थियो । अब भने विद्यार्थहरुले पठनपाठनको प्रतिकूल अवस्थाबाट मुक्ति पाउने भएका छन् । नेपालका ७२ शैक्षिक संरचनाको पुनर्निर्माणमा प्राविधिक सहयोग गर्न
भारतले CBRI,ROOKEE परिचालनका लागि नेपाल भारत बीचमा सहमति गरेको छ ।
फागुन २२ गते भारतीय राजदूतावास काठमाण्डौ र The central Building Research Institute (CBRI) Roorkee, India बीचमा नेपालका ७२ वटा विद्यालयको संरचनामा भुकम्प पछिको पुननिर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा भारत सरकारका तर्फबाट काठमाण्डौस्थित भारतीय दुतावासका नियोग उपप्रमुख डा. अजयकुमार तथा CBRI का तर्फबाट Planning and Bussiness development group, CRBI समूहका अगुवा डा. पूर्णिमा परिदारले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत सिइओ सुशिल ज्ञवाली तथा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरी सरिक हुनु भएको थियो ।
CBRI ले भुकम्पबाट सबैभन्दा बढी क्षति भएका जिल्लाहरु गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभे्रपलानचौक, रामेछाप र सिन्धुपाल्चोक गरी ७ जिल्लाका ७० वटा माध्यामिक विद्यालयका साथै त्रिभुवन विश्वविद्यालको केन्द्रीय पुस्तकालय तथा पाटनस्थित राष्ट्रिय पुस्ताकालयको पुननिर्माणको लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्ने भएको छ । CBRI ले नेपाल सरकारको विपद् उत्थानशील पुनर्निर्माण निर्देशिका अनुरुप शैक्षिक संरचनाको पुन निर्माण, रेट्रोफिट गर्न शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइसँग सहकार्य गर्ने जनाइएको छ । भारतीय राजदूतावास पुनर्निर्माण विभागका प्रमुख सुचिता किशोर तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाइका परियोजना निर्देशक इमा नारायण श्रेष्ठले गोरखा तथा नुवाकोटका आठ विद्यालयको परियोजना पत्रमा हस्ताक्षर गर्नु भएको थियो । Councol of Scientific and Industrial Research अन्तर्गत रहेको CBRI आश्रय योजना, निर्माण सामाग्री, संरचना तथा प्रकोप न्यूनिकरण जस्ता क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने भारतको एक प्रमुख राष्ट्रिय प्रयोगशाला हो ।
