धरान÷धरानमा भेटिएका शंकास्पद बस्तु नेपाली सेनाको डिस्फोजल टोलीले डिस्फाज गरेको छ ।
धरान २ सिंहदेवी लाइनदेखि १ सय मिटर माथि रहेको १४ बालगोपाल मन्दिर छेउको झाडीमा भेटिएको शंकास्पद वस्तुको नेपाली सेनाको कालीशक्ति गणको डिस्फोजल टोलीले विस्फोट गराएको हो ।
दिउसोको समयमा नेशनल कलेजमा कार्यरत सुरक्षाकर्मी पर्शुराम तामाङ्गले वम जस्तो शंकास्पद वस्तु देखेपछि उहाले प्रहरीलाई खबर गर्नुभएको थियो । खबरपश्चात जनपथ प्रहर्ी, शशस्त्र प्रहरी र नेपाली सेनाको डिस्फोजल टोली सोही ठाउमा पुगेको थियो । कडा सुरक्षाका साथ डिस्फोज गरिएको वस्तु दोस्रो संविधानसभा ताका राखिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । थर्मल टेपले वरिपरि बेरिएको र तार समेत चुटिएको अवस्थामा फेला परेको सो शंकास्पद वस्तु धेरै पहिले राखिएको हुन सक्ने शशस्त्र प्रहरी धरानका डिएसपी देवराज विष्टले जानकारी दिनुभयो ।
डिस्पोज गरिएको सो शंकास्पद वस्तु सेनाले परीक्षणका लागि लगेको छ । शंकास्पद वस्तु कस्ले र किन राख्यो भन्ने विषयमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।
