इटहरी÷पूर्वाञ्चलका ग्राहकहरुको लामो प्रतिक्षा पछि जापानिज ब्राण्डका सम्पूर्ण सामानहरु एकै स्थानबाट अब सहजै प्राप्त गर्न सकिने भएको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरले पहिलो पटक जापानिज ब्राण्डका सामानको विराटनगरको सेन्ट्रल प्लाजाको ग्राउण्ड फ्लोरमा मिनिसो सञ्चालनमा ल्याएपछि ग्राहकहरुले आफ्नो रुचि अनुसारका सामान एकै थलोबाट खरिद गर्न पाउने भएका हुन् ।
आफन ग्राहकहरुको माग र अभिरुचिलाई ध्यानमा राखेर स्टोरले जापानिज ब्राण्डका मात्र सम्पूर्ण कस्मेटिक आइटम, गिÏट आइटम, किचेन वेयर, इलेक्ट्रोनिक्स, अण्डरवेयर, सुविधायुक्त ब्रा, सÏटवेज लगायत झण्डै १० हजार प्रकारका समान राखिएको स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, पहिलादेखि नै डिपार्टमेन्ट स्टोरमा आउने ग्राहकहरुले जापानिज ब्राण्डका सामानको माग गर्दै आएका थिए । जापानिज बाण्डका सामानको मात्र मिनिसो सञ्चालनमा ल्याउँदा उपयुक्त हुने सोचले सञ्चालनमा ल्याएको समेत उहाँले बताउनुभयो ।
सेन्ट्रल प्लाजाको ग्राउण्ड फ्लोरमा दुई हजार स्क्वायर फुटमा फैलिएको मिनिसोमा यतिबेला स्थानीयसँगै नेपालका विभिन्न स्थानबाट मात्र नभएर भारत र बंगलादेशका ग्राहकहरुसमेत आउन थालेको स्टोरका म्यानेजर श्रीपसाद गौतम बताउहुन्छ । पूर्वाञ्चलमा मात्र नभएर राजधानीमा समेत यस प्रकारको अत्याधुनिक सुविधा सम्पन्न मिनिसो नरहेको गौतमको दाबी छ । मिनिसोको सबैभन्दा ठूलो विशेषता भनेको इन्टरनेशनल वार कोड (क्ष्लतभचलबतष्यलब िद्यबचअयम) हो । जसले ग्राहकहरुले छनेका सामानको प्राइस, क्वालिटी चेकसँगै स्क्यान गरेर अटोमेटिक विलिङ्ग गर्छ । यस प्रकारको अर्थात द्यबचअयम सिस्टमबाट पूर्वाञ्चलमा हालसम्म कहीँ पनि विलिङ्ग हुने गरेको छैन । यो सिस्टमले प्राइस हेर्ने, सोध्ने र क्वालिटी चेक गर्ने झन्झट नरहने म्यानेजर गौतम बताउनुहुन्छ ।
अर्कोतर्फ मिनिसोमा सम्पूर्ण ग्राहकहरु सीसी क्यामेराको निगरानीमा रहने, मिनिसोबाट बाहिर निस्कदा गेटमा छुट्टै स्क्यानरको व्यवस्था समेत रहेको छ । गेटमा जडान गरिएको स्क्यानरले कथंककदाचित सामानको विलिङ्ग नभएको अवस्था भएमा तुरुन्तै त्यसले संकेत गर्छ । गोरखा डिपार्टमेन्ट स्टोरले अत्याधुनिक प्रविधि सहित मिनिसो संञ्चालनमा मात्र ल्याएको छैन थप रोजगारको अवस्था समेत सिर्जना गरेको छ । हाल १० हजार भन्दा बढी जापानिज ब्राण्डका सामान भए पनि यो क्रमश ः थप हुँदै जाने पनि म्यानेजर गौतमले बताउनुभयो । स्टोरले चाँडै नै धरानमा समेत जापानिज ब्राण्डका मिनिसो खुल्ने भएको छ । गोरखा डिपार्टमेन्ट स्टेरको हाल धरानमा रहेको पाँचौ शाखासँगै सो रुमका लागि भवनको साजसज्जा भइरहेको समेत उहाँले बताउनुभयो ।
धरानको पाँचौ शाखा दोस्रो बर्षमा
आजभन्दा २० बर्ष अगाडि डिपार्टमेन्ट स्टोरको अवधारणा पूर्वाञ्चलमा पहिलो पटक ल्याएको
गोरखा डिपार्टमेन्ट स्टोरको धरानस्थित पाँचौ शाखा दोस्रो बर्षमा प्रवेश गरेको छ ।
एक बर्षको अवधिमा गोरखा डिपार्टमेन्टको धरानस्थित पाँचौ शाखाले आफ्ना ग्राहकहरुबाट प्रसस्तै विश्वास आर्जन गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न ३८ह१७ को सिल्भर स्क्रिन पर्दा, जेविएल साउन्ड सिस्टम, डिजिटल प्रविधि युक्त सिनेमा हल, दुईवटा अत्याधुनिक साउन्ड सिस्टम भएको सेमिनार हल, १२ सय मोटर साइकल र १ सय वटा साना सवारी साधन अटाउने क्षमता भएको अण्डरग्राउन्ड पार्किङ्ग, अत्याधुनिक सुविधायुक्त गोरखा वार, गोरखा किचनप्रतिको गाहकको आकर्षण, एउटै छानोमुनि पाँचलाख भन्दा बढी प्रकारकाका दैनिक उपभोग्यदेखि लिएर लग्जरीयसका सामान, वस्तुको मूल्यमा बार्गेनिङ्ग गर्नु नपर्ने लगायतका विशेषताकै कारण धरानका मात्र नभएर पूर्वी पहाड र उदयपुरसम्मका ग्राहकको पहिलो रोजाइमा गोरखा डिपार्टमेन्ट स्टोर परेको छ ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन
गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
