आर्थिक हिनामिना गरेको भन्दै स्ववियु कार्यालयमा तालाबन्दी

धरान÷ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै जादा धरानस्थित महेन्द्र वहुमुखी क्याम्पसमा विवाद चुलिएको छ ।
विवादकै बाबजुद स्ववियुको बार्षिक साधारणसभामा  प्रस्तुत गरेको आर्थिक प्रतिवेदन स्पष्ट नभएको भन्दै नेकपा आवद्ध अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले धरानस्थित महेन्द्र क्याम्पस धरानको स्ववियु कार्यालयमा सोमबार तालाबन्दी गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र क्याम्पसले शनिबार गरेकोे स्ववियु सभामा कोषाध्यक्ष लक्ष्मी सम्बाम्फेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अस्पष्ट र पारदर्शी नभएको भन्दै प्रतिवेदन पारदर्शी गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् ।
उनीहरुले तालाबन्दीसहित विज्ञप्ती निकालेर टास समेत गरेका छन् । स्ववियुको विधानमा प्रत्येक बर्ष साधारणसभा गनुपर्ने प्रावधान भए पनि त्यो नगरेको, टिसर्ट खरिदको नाममा ३० हजार रुपैयाँ हिनामिना गरेको, नव आगन्तुक विद्यार्थीलाई स्वागत र अध्ययन सकेर क्याम्पसबाट छोड्ने समयमा गरिने विदाई कार्यक्रम ७ पटक गरिएको भन्दै ५ लाख ४ हजार रुपैयाँ खर्च गरेको, स्ववियु नेतृत्वले आर्थिक अनियमिततालाई ढाकछोप गर्नकै लागि विलभौचर मिलानलाई जोड दिएको लगायतका आरोप लगाउदै  सभामा पेश भएको प्रतिवेदन सच्याएर प्रस्तुत गर्छुभन्नु स्ववियु नेतृत्वमाथि नै ै प्रश्न चिन्ह खडा भएको स्ववियु इकाई अध्यक्ष सुजन खत्रीले बताउनुभयो ।
यस विषयमा स्ववियु पदाधिकारीले भने प्रतिवेदनमा त्रुटी भएपनि आर्थिक हिनामिना नभएको बताउदै आएका छन् । स्ववियु सचिब दोर्चि शेर्पाले आर्थिक प्रतिवेदन तयार गर्दा प्राविधिक त्रुटी भए पनि अनियमिता नभएको बताउनुभयो ।
उहाले यस विषयमा  कोषाध्यक्षको नेतृत्वमा छानबिन समिति बनिसकेकाले २ दिन भित्र सत्तथ्य बाहिर ल्याउने स्पष्ट पार्नुभयो ।
कोषाध्यक्ष सम्हाम्फेले  प्रतिवेदनमा ११ लाख ७४ हजार २ सय ५२ रुपैयाँ आय र ११ लाख ७३ हजार ७ सय ९० रुपैयाँ खर्च प्रस्तुत गरिएको छ । क्याम्पसमा स्वागत र विदाई कार्यक्रम ७ पटक गरिएको भन्दै ५ लाख ४ हजार रुपैयाँ निकालिएको उल्लेख गरिएको भए पनि स्वागत र विदाई तीनपटक मात्र भएको स्वयम् स्ववियु पदाधिकारी स्वीकार्छन् । सचिब शेर्पाले आर्थिक प्रतिवेदनमा सात पटक स्वागत र विदाई कार्यक्रम गरिएको उल्लेख गरेको भएपनि तीनपटकमात्र गरिएको स्विकार गर्नुभयो ।
यस्तै क्याम्पसमा पार्किङको लागि क्याम्पसले २ लाख १८ हजार र धरान उपमहानगरपालिकाले २ लाख रुपेैयामा लागतमा पाकिङ बनाइएको विद्यार्थी संगठनको भनाई छ भने स्ववियुबाट १ लाख ८१ हजार रुपैयाँ निकालिएको उल्लेख गरिएको छ । यस विषयमा स्ववियु सचिव शेर्पाले नगरपालिकाले दिएको रकम २५ प्रतिशत कर कट्टा गरेर जम्मा हुने गरेका कारण यस्तो देखिएको बताउनुभयोे । स्ववियु सभापति सरगम सागर चेम्जोङले भने यो बार्षिक साधारण सभा नभई पूर्ण बैठक मात्र बोलाइएको बताउनुभयो । स्ववियुको समय अवधि यही चैत्र १ गते सकिदैछ ।

तपाईको प्रतिक्रिया