विभिन्न क्षेत्रमा काम गर्ने महिलालाई सम्मान

धरान÷ १०९ औै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला सञ्जाल धरानको सर्वसाधारण श्रमिकदेखि सांसद महिलालाई सम्मान गरेका छ ।
सबै महिला बराबर हुन् भन्ने अभिप्रायले दिवसको अवसर पारेर सञ्जालले आयोजना गरेको कार्यक्रममा सम्मान गरेको हो ।
सम्मानित हुनेमा बराह ज्वेलरी इण्डिष्टिूज प्रा.लि धरानमा कालिगढको रुपमा कार्यरत धरान ११ की अम्बिका बराईली, पूर्व सांसद कुन्ता शर्मा र महिला अधिकारका विषयमा सदैव लड्ने अधिवक्ता दर्शन राईलाई सम्मान गरेको हो ।
श्रमिक महिला अम्बिकालाई नगद ५ हजारसहित सम्मान पत्रले सम्मान गरेको हो भने पूर्व सांसद कुन्ता शर्मा र अधिवक्तालाई सम्मानपत्रले सम्मान गरेको हो ।
धरानको भानुचौकमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी काठमाण्डौबाट धरान आउनु भएकी प्रतिनिधिसभा सदस्य डा् डिला संग्रौलाले महिला अधिकार, विभेद लगायतका थुप्रै कुरा समेटेर संविधान निर्माण भएपनि कार्यान्वयन हुन नसकदा समस्या भएको बताउनुभयो । उहाले दिनप्रतिदिन महिला बलात्कृत, घरेलु हिंसा, लैङ्गिक हिंसाबाट पीडित भएको बताउदै कानुन कार्यान्वयन फितलो हुदा अपराधि दण्डित हुन नसकेको बताउनुभयो । उहाले यस्ता अपराधीलाई दण्डित गर्न अब फास्ट टूयाकबाट अपराधिलाई कारबाही गर्न संसदमा जोडदार पहल गरेको बताउनुभयो ।
मञ्चमा बोल्न अधिकांश महिलाहरुले महिलालाई राजनीतिक दलहरुले ३३ प्रतिशत अधिकार प्रदान गरे पनि नीति निर्माण तहमा पु¥याउन कन्ज्युस्याई गरेको बताएका थिए । उनीहरुले नेतृत्वका झारा टार्ने काम गरेको बताउदै संघीय संरचना अन्तर्गत सातवटै प्रदेशमा मुख्यमन्त्री नभएको, स्थानीय तहमा समेत उपमा सीमित बनाएकोप्रति आक्रोस पोखे ।
महिला अधिकार नभएकै कारण हिंसामा परेका महिलाहरु अझै पीडित भएको प्रदेश नं. १ की सांसद उमिला बराइलीले बताउनुभयो । उहाले महिला हिंसामा पर्दा पितृसत्तात्मक सोचका कारण कारबाहीका साटो घरमै मिलेमतो गर्न क्रम बढेको बताउदै अब महिला यसतर्फ सचेत गर्नुपर्ने बताउनुभयो ।
मञ्चमा वक्ताका रुपमा रहेका महिलाहरुले पितृ सत्तात्मक सोचप्रति व्यंगात्मक शैलीमा कविता समेत प्रस्तुत गरेका थिए । सकुन्तला भुसाल, हेनसन सुब्बा र कुन्ता शर्माले कविताको माध्यमबाट अहिलेको पितृ सत्तात्मक सोचप्रति व्यग गरेका
थिए ।  सम्मानित हुनुभएकी पूर्व सांसद कुन्ता शर्माले ‘पोथी बास्नु हुदैन’ भन्ने कविता प्रस्तत गर्दा सहभागी महिलारुको ध्यान कवितातर्फ केन्द्रित भएको थियो ।
‘लैंिगक समानताको लागि समान सोच र व्यवहार(सम्बृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रमका अधिकांश वक्ताहरुले महिला र पुरुषले गर्ने गरेको समान कामको समान ज्याला हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले महिलाको शिक्षाका पहुचमा समेत
सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । नेपालमा ५७ प्रतिशत महिलाहरुमात्र शिक्षित भएको भन्दै उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्थाको माग समेत गरेका थिए ।
कार्यक्रम आयोजना हुनुपूर्व धरान १२ पब्लिक माविको प्रँंगरणबाट धरानमा टोल टोलमा गठन भएका महिला संघ संस्थाको विशाल ¥याली निकालिएको थियो । ¥याली भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा ¥यालीमा सहभागीमध्ये उत्कृष्ट तीन टोलीलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया