विषालु पदार्थ खादा धनकुटाका एक जनाको मृत्यु

धरान÷जडीबुटी भन्दै विषालु पदार्थ खाद धनकुटा नगरपालिका वेलहाराक ९ का एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६३ बर्षीय माधव प्रधान श्रेष्ठ रहेका छन् । परिवारक अभिभावक रहेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
उनका अन्य परिवारको भने अहिले बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जडीबुटी खाएर विरामी पर्ने परिवारका सदस्यहरुमा ६२ बर्षीय श्रीमति नरमाया प्रधान, नार्ति  ११ बर्षीय कुशल श्रेष्ठ, २८ बर्षीय छोरी कविता श्रेष्ठ, ३१ बर्षीय ज्वाई दिपक श्रेष्ठ र ४१ बर्षीया छोरी सीता डंगोलको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जडिबुटी खाएर सिकिस्त विरामी भएका उनीहरुलाई जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको हो ।
ताप्लेजुडको पाथीभरा दर्शनका लागि गएको समयमा फर्किने क्रममा हिमाली जडिबुटी ल्याएर हलुवा बनाएर खाएको विरामीहरुले बताएका  छन् ।
अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया