धरान÷ धरान ९ आचार्यलाइनमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
धरान ९ आचार्यलाइनमा लामोसमयदेखि साइकल मर्मत केन्द्र सञ्चालन गर्दे आएका राजविराज घर भएका ३० बर्षीय रितेषप्रसाद देव आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
मृतक देवको घाटीको पछाडिको भाग हतियारले गरिहरो चोट लागी घोप्टो अवस्थाा शव भेटिएको धरान प्रहरील जनाएको छ ।
विहान ४ बजे उठेर सधै पूजा गर्ने मृत ऋषिदेव मृत अवस्थामा भेटेपछि उनकै दाजु पुस्करप्रसाद देवले प्रहरीलाई खबर गरेका थिए । मदन कर्माचार्यको घरमा डेरा गरी लामो समयदेखि साइकल ममर्त गर्दै आएका उनी विहान चार बजेको समयमा पूजा गर्दै गरेको अवस्थामा देखेको स्थानीयहरु बताउछन् । एक्कासी विहान ७ बजे प्रहरी आएपछिमात्र रितेस मृत अवस्थामा भएको थाहा पाएको छेउमै डेरा गरी बस्ने छिमेकीहरुल बताएका छन् ।
५ दाजुभाई मध्ये काइला सबैसंग मिलनसार व्यक्ति भएको छिमेकीहरु बताउछन् । मृत्युको कारण के हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घट्ना स्थलको मुचुल्का उठाउने काम गरेको छ । घटना के कसरी भयो भन्ने विषयमा ा छानविन भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिससपी सुमन तिम्सिनाले बताउनुभयो ।
