धरान÷ धरानमा लागू औषध कारोबार र प्रयोगकर्ता धमाधम प्रक्राउ पर्दै गइरहेका छन् ।
पछिल्लो समय धरान प्रहरीले लागू औषध कारबोरी तीन जनालाई छुट्टाछुट्टै स्थानबाट धरान प्रहरीले प्रक्राउ गरेको छ प्रहरीले मंगलबार खैरे हिरोइन (ब्राउन सुगर) सहित धरान ८ तीनकुने चेक पोष्टमा चेकजाचका क्रममा को ३६ प ४००० नम्बरको मोटरसाइकलमा चेकचाज गर्दा धरान ८ का ३१ बर्षीय दिपेश श्रेष्ठ र बर्ष ३० का निरज धामीको साथबाट २ केजी ५ सय ५० ग्रामबराबरको खेरो हिराइन फेला पारेको हो भने सोही दिन प्रहरीले धरान ७ का ३४ बर्षीय टिकबहादुर श्रेष्ठलाई तीनकुने चेकपोष्टबाटै १ सय २० क्याप्सुल स्पास्मो प्रोक्सिभनसहित प्रक्राउ गरेको हो ।
प्रक्राउ परेका उनीहरुलाई लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताउनुभयो ।
