एक नं. प्रदेश किरात प्रदेशमाग सहित अधिवेशन सम्पन्न

धरान÷  प्रदेश नं. एकलाई किरात प्रदेश नामाकरण मागसहित धरानमा शनिवारबाट शुरु भएको  किरात राई यायोख्खाको १० औं राष्ट्रिय महाधिवेशनमा प्रदेश नं.१ को नामकरण किरात राज्य हुनुपर्छ भन्ने बुलन्द आवाज वक्ताहरुले पस्किए ।
शनिवारदेखि सोमबारसम्म चलेको अधिवेशनको उद्घाटन सत्रमा बोल्ने अधिकांश सहभागी वक्ताहरुले हरेक हिसाबले प्रदेश नं. १ को नामकरण किरात प्रदेश उपयुक्त भएको बताएका थिए ।
धरानको भानुचौकको खुल्ला प्रांगरणमा भएको उृद्घाटन समारोहमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधनले किरातहरुका राजा यलम्बरको त्िस्वरमा माल्यार्पण गर्दै किरातीहरुको बाजा ढोल बजाएर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनपश्चात बोल्ने अधिकांश वक्ताहरुले प्रदेश नं. १ हरेक हिसाबले किरात प्रदेश हुनुपर्ने उद्घोष गरे । कार्यक्रममा बोल्दै किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष दिवस राईले भागौलिक सांस्कृति एवम् ऐतिहासिक हिसाबले पनि प्रदेश नंं १ लाई किरात राज्य नामाकरण गर्नुपर्ने माग मुख्यमन्त्री राई समक्ष गर्नुभयो ।
इतिहास, भुगोल, संस्कृति र सभ्याताको सम्मान, १ नंं प्रदेश प्रदेश समग्र प्रदेशबासीको आवहान भन्ने मूल नाराका साथ आयोजना भएको अधिवेशनका क्रममा प्रदेश सांसद तथा संघीय सांसदहरुले समेत प्रदेश नंं १ किरात प्रदेश हुनुपर्ने विचार व्यक्त गरे । संघीय सांसद सुदन किरातीले प्रदेश नं. १ का मुख्यमन्त्री किराती भएकोले किरात प्रदेश नामाकरणका लागि मुख्यमन्त्रीले रामको भूमिका, सभाभुख प्रदीपकुमार भण्डारीले निर्वाह गर्नुपर्ने र त्यसमा हस्टेमा हैसे गर्न हनुमानको भूमिका आफूहरु गर्ने बताउनुभयो ।
किरात प्रदेशको बहसपछि अन्त्यमा प्रमुख अतिथिको मन्तव्यका क्रममा मुख्यमन्त्री राईले नेपालको अहिलेको
परिवर्तमा किरातीहरुको भूमिका समेत महत्वपूर्ण रहेको बताउनुभयो । उहाले प्रदेश नंं १ को नामाकरण गर्दा सहमति र सहकार्यको आधारमा प्रदेशका बासिन्दाको भावना विपरीत प्रदेश सरकार जान नस्क्ने उल्लेख गर्नुभयो ।
उद्घाटन कार्यक्रममा प्रदेश सांसद, संघीय सांसद, किरात राई यायोख्खाका केन्द्रीय , जिल्ला नगर तथा विदेशम बसोबास गर्ने किरातीहरुले समेत प्रदेश नंं एक नामाकरण गर्दा किरात प्रदेश नै उपयुक्त हुन बताएका थिए ।
उद्घाटन अगाडि किरात राई यायोख्खाको अगुवाईमा विभिन्न जातीय, सांंस्कृतिक झाकी सहित यायोख्खा सुनसरीको कार्यालय धरान १० बाट ¥याली निकालिएको थियो । ¥याली धरानको भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो । तीन दिनसम्म चलेको अधिवेशनले नया कार्य समिति समेत चयन गरेको छ ।

तपाईको प्रतिक्रिया