धरान÷संघीय राष्ट्रिय मञ्च नेपाल, संघीय लिम्बुवान मञ्चले गोरु काटेको अभियोगमा प्रक्राउ परेकाहरुको रिहाइको माग गरेका छन् ।
मञ्चले सोमबार पत्रकार् सम्मेलनको आयोजना गर्दै मंसिर २८ गते गोरु काटेको अभियोगमा प्रक्राउ परेकाहरुलाई निः सर्त रिहाईको माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै संघीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजमले मुलुक धर्म निरपेक्ष घोषणा भइसक्दा पनि गोरु काट्नेमाथि धरपकड गर्नु विडम्बना भएको बताउनुभयो । उहाले संविधानका भावना विपरीत हुने गरी गोरु काट्नेलाई पक्राउ गर्नु प्रहरीको ज्यादति भएको बताउनुभयो ।
यसैवीच उनीहरुले रिहाइको माग गर्दै धरानमा विरोध ¥यालीका समेत आयोजना गरेका थिए ।
यही विषययलाई लिएर सांस्कृतिक अधिकार संरक्षण समितिल आइतबार उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई ध्यनाकर्षणपत्र समेत बुझाएका थिए । धरान प्रहरीले मंसिर २८ गते धरान १७ बाट गोरु काट्दै गरेको अवस्थामा दश जनालाई पक्राउ गरी कारबाही अगाडि बढाएका थियो । यस विषयमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले कानुनमा उल्लेख भए अनुरुप नै उनीहरुलाई प्रक्राउ गरी कारबाही अगाडि बढाइएको बताउनुभयो ।
