विराटनगर÷नेपाल सरकारले समयमै जग्गा धनीलाई मुआब्जा वितरण गरेर जग्गा उपलब्ध गराउन नसक्दा भारत सरकारद्वारा निर्माणाधीन रेलमागको काम नेपालतर्फ अवरुद्ध भएको छ ।
मुआब्जा वितरण विवादले मोरङ्गको रंगेली सडकको कटहरी खण्डको २.६ किमी रेलमार्ग, यार्ड र स्टेशन निर्माणको लागि भारत सरकारले टेन्टर समेत गर्न सकेको छैन । दुई बर्ष अगाडि नै सम्पन्न भइसक्नुपर्ने भारतको बथनाहा कटहरी रेलमार्गको १८.५ किमी मध्ये भारत तर्फको ५ किमी पूरा भइसकेको छ ।
भारतीय रेलमार्ग निर्माण कम्पनीले वथनाहादेखि विराटनगर १८ को लावाघाट सम्मको काम सम्पन्न गरी परीक्षण समेत गरिसकेको अवस्थामा २.६ किमी भित्रको जग्गा मुआब्जा विवादले थप काममा अवरोध भएको छ । त्यहाँका किसानले मुआब्जा कम भएको भन्दै जग्गा अधिग्रहण पीडित संघर्ष समिति नै गठन गरेर आन्दोलन गरेका कारण थप निर्माण काम अगाडि बढ्न सकेको छैन । संघर्ष समितिका सचिव विश्वनाथ माझीले भने । चलनचल्तिमा मुआब्जा दिनुपर्ने उनीहरुको माग रहेको छ । चार बर्ष अगाडि नेपाल सरकारको मुल्यांकन समितिले कटहरी उत्तरको जग्गा प्रति कट्ठा २ लाख निर्धारण ग¥यो । किसानहरुले मुआब्जामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे, माझीले भने । सर्वोच्चले प्रति कट्ठा ८ लाख दिनु भनेर फैसला ग¥यो । तर
सरकारले तत्काल सर्वोैच्चको फैसला कार्यान्वयन गरेन । आज सोही जग्गाको मूल्य प्रतिकट्ठा १६ लाख भैसकेको छ स्थनीय घुरन माझीले भने । रेलमार्ग निर्माणका लागि अधिग्रहण गरिएको १ सय १९ विगाहा जग्गाका ५ सय ६५ जना जग्गाधनीमध्ये ५ सय ५३ जनाले मुआब्जा लिएका छन् भने २२ जनाले हालसम्म मुआब्जा लिएक छैनन् । जसका कारण रेलमार्गको कामै ठप्प भएको छ ।

