का“ग्रेसका नेताहरुलाई मिल्न दबाब

नेपाली काँग्रेसको कुम्भभेला अर्थात महासमिति बैठक भर्खरै सिद्धिएको छ । पार्टी सुदृढिकरण, संगठन विस्तार, गुट उपगुटको अन्त्य लगायतका सवालमा जोडदार आवाज उठे तापनि नेताहरुमा त्यस्तो हार्दिकता देखिएन ।
समग्रमा भन्नुपर्दा नेपाली काँग्रेसको महासमितिको बैठक काँग्रेसभित्रको गुट उपगुटको महासमिति भेला जस्तो मात्र देखियो । प्राय ः नेतृत्वमा रहेकाहरुले आÏनो गुटको महासमिति बैठकमा नेतृत्व गरेका थिए ।
पार्टीको विधान र विधानमा थप गर्नुपर्ने कुरामा ऐक्यवद्धता नेतृत्वमा अभाव देखियो । सबै आÏनै एजेन्डालाई पारित गराउन नै लागि परेका थिए । महासमितिको बैठकमा नेतृत्व बीचमै हानाथाप हुनु आरोप प्रत्यारोपको बर्षा हुनुु, हात हालाहालसम्मको तल्लो स्तरको अभियानमा नेताहरु उत्रनुले पार्टीभित्रको अनुशासन छर्लङ्ग बनाएको छ ।
सदैव सडकमा बीपी कोइरालाको नाम भँजाएर अब काँग्रेस चल्नेवाला छैन । सबैभन्दा पुरानो पार्टी हो भनेर डम्फू बजाएर कँग्रेस सुध्रनेवाला छैन । राणा, पञ्चायत फालेको पार्टी हो भनेर फलाकेर अब नेपाली जनताले पत्याउनेवाला छैनन् । प्रजातन्त्र पुनर्वहाली पश्चात सबैभन्दा लामो समय सत्ताको नेतृत्व काँग्रेसले ग¥यो । तर नेपाली जनताले काँग्रेसबाट कुनै राहत महसुस गर्न सकेनन्, जनताको जीवन स्तरमा कुनै सुधार भएन । जनताको बाँच्न पाउने अधिकार हनन हदै गए । रोजगारीका अवसर सिर्जना गर्न नसक्दा लाखौ दक्ष जनशक्ति देशबाटै पलायन हुन बाध्य भयो । भएका उद्योग धन्दा कार्यकर्ता र्भिर्त केन्द्रको डपिम्पङ्ग साइड बनाइयो, कौडीको मूल्यमा उद्योगधन्दा बेचियो ।
दक्ष र युवा जनशक्ति जबसम्म राज्यले अन्यत्र सप्लाई गर्छ तबसम्म त्यस मुलुकको विकास असम्भव नै रहन्छ भन्ने सामान्य कुरालाई समेत काँग्रेसले मनन गर्न सकेन । फलत ः आज मुलुकमा वामपन्थी शक्तिले सत्ताको बागडोर सम्हालेको छ । जनताका भावनालाई नेतृत्वले आत्म सात गर्नुपर्छ । तर काँग्रेसको नेतृत्व सत्तामा पुगेपछि एउटा सानो स्वार्थी गुटको प्रशंसामा रम्ने दुस्साहस मात्र गर्दै हिड्यो । त्यही गुट उपगुटले आज काँग्रेस पाँचबर्ष सडकमा फालिएको छ । एकातिर बीपीको, कृष्णप्रसाद भट्टराईको, गणेशमान सिंह, सुवर्ण समशेरको नाम भँजाएर मात्र अब काँग्रेस सुध्रनेवाला छैन । जबसम्म नेतृत्वमा इमान्दारिता, जनताप्रतिको जिम्मेवारी बोध, निस्वास्र्थ संगठन सृढको कार्य हुँदैन तबसम्म काँग्रेसको अद्योगतिको यात्रा जारी रहन्छ ।
नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले उठान गर्नुभएको हिन्दु राष्ट्रको एजेन्डा अत्यन्तै सान्दर्भिक रहेको छ । ८० प्रतिशत हिन्दु वाहुल्यता भएको मुलुकमा धर्म निरपेक्षता, बाह्य धर्मको बढ्दो प्रभाव नेपाली जनतालाई स्विकार्य हुन सक्दैन । तर गुट, उपगुट चलाएर बसेका अन्य नेताहरुले कोइरालाको उक्त प्रस्तावप्रति असहमति जनाउनु आफैमा विडम्बना हो । वास्तविकता र यथार्थ धरातललाई नबुझ्ने बुझेर पनि बुझ पचाउने प्रवृत्तिकै कारण आज नेपाली काँग्रेस जनताबाट एक प्रकारले बहिष्कृत जस्तो भएको छ । इतिहासमै निर्वाचनमा लज्जास्पद हार व्यहोरेको छ । कार्यकर्तालाई दाश सम्झने मनोवृत्तिले निर्वाचनमा कार्यकर्तामै असहयोग रहयो । अब पनि नेपाली काँग्रेस नसुध्रिने र एक आपसमा हार्दिकता प्रदर्शन गर्दै गुट उपगुटको नेतृत्वमै रमाउने हो भने आगामी दिन पनि काँग्रेसका लागि सुखद देखिदैन । कार्यकर्ताले यही उद्देश्यका साथ नेतृत्वलाई महासमिति बैठकमा मिल्न दबाब दिएका हुन् ।

तपाईको प्रतिक्रिया