डिपो कपको उपाधि महेन्द्र मेमोरियल दुहवीलाई

धरान÷१५औ ललित अमर डिपो कपको उपाधि महेन्द्र मेमोरियल, दुहवीले चुमेको छ । सोमवार भएको फाइनल खेलमा महेन्द्रले पुलिस स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि माथि आप्mनो कव्जा जमाएको हो । अत्यन्त्य प्रतिष्पर्धात्मक भएको खेलमा महेन्द्रका प्रसुन वस्नेतले पहिलो हाफको २३औ मिनटमा गोल गर्दै आप्mनो टिमलाई अग्रता दिलाएका थिए । निर्धारित समय सम्ममा दुवै तर्फ गोल हुन नसके पछि प्रसुनको गोल नै निर्धारित वनेको थियो । उपाधि संगै महेन्द्र्रले नगद दश हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । दोस्रो हुने पुलिस स्कुलले नगद ५ हजार ,ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै
गरि तेस्रो उपाधि विजेता आइडल स्कुलले नगद ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । तेस्रो उपाधिको लागि र प्लेट च्याम्पियनको खेल अघिल्लो दिन आइतवार नै सम्पन्न भएको थियो । प्लेट च्याम्पियनको फाइनल खेलमा डिपो स्कुलले सेक्रेटहर्ट स्कुललाई ९–० गोल अन्तरले र डिपो कपको तेस्रो उपाधिका लागि भएको खेलमा आइडल स्कुलले लिटल प्mलावर्स स्कुललाई १–० गोल अन्तरले पराजित गरेका थिए । प्लेट च्याम्पियन डिपो स्कुलले नगद ३ हजार रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो हुनेले नगद २ हजार , ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
१५ औ डिपो कपको उत्कृष्ट खेलाडी महेन्द्र स्कुलका प्रनिस न्यौपाने घोषित भए । उनले नगद १ हजार , ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । वेस्ट डिफेन्स महेन्द्र स्कुलका अविषेक गुरुङ्ग, हाइ स्कोरर महेन्द्र स्कुलका सुजन सरदार, वेस्ट गोल किपर नेपाल पुलिस स्कुलका गोलकिपर प्रशान्त पौडेल, प्रतियोगिताका उदयमान खेलाडी डिपो स्कुलका विनायक उराउ घोषित भएका छन । त्यस्तै गरि सन्जिव राइजिङ प्लेयर अफ डिपो स्कुल उपाधि सृजन मगर घोषित भए । उनीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्वु, कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद उमिता वराइली, क्याम्स प्रमुख
राजकुमार राई, डिपो कप संयोजक तथा व्यवस्थापन समिति सदस्य भिमराज लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया