धरान÷धरान १५ का ज्येष्ठ नागरिकहरुलाई शनिवार निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
धरान उपमहानगरपालिका १५ नं वडासमितिको भवनमा परिवर्तनको आशा नेपाल शाखा धरानले १५ नं. वडामा बसोबास गर्ने जेष्ठ नागरिक हरुलाई मधुमेह, वाथ रोग (युरिक एसिड), किड्नी (किड्नी नाइन) सम्बन्धी चेकजाच गरिएको हो ।
धरान १५ मा रहेका ३ सय ९५ ज्येष्ठ नागरिकमध्ये ३ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको
परिवर्तनको आशा नेपालका महासचिव पूर्ण गुरुङ्गले बताए । उनले निशुल्क शिविरमा ८० हजार लागत लागेको भए पनि १५ नं. वडा समितिले ५० हजार उपलब्ध गराएको बताए ।
इटहरी स्थित सामुदायिक अस्पतालका अर्थोपेडिक्स डा. कुमार गुरुङ र एमविविएस चकित्सक डा. दिपसुन्दर लिम्बुले शिविरमा आएका ज्येष्ठ नागरिकहरुलाई परीक्षण थिए । उनीहरुको रगत परीक्षण भने संस्थाकै मातहतमा सञ्चालनमा रहेको थालनी पोलिक्लिनिक एण्ड डाइनोटिक्सले निशुल्क गरिदिएको थियो । शिविरमा ६० बर्षदेखि १० बर्ष स्म्मका वृद्धिवृद्धाले निशुल्क स्वास्थ्य सेवा लिएका थिए ।
