धरान÷पाचथरका एक अबोध बालकले जन्मेको दुई बर्षदेखि नै बार्धिएर बस्न बाध्य भए ।
पाचथरको मिक्लाजुङ गाउपालिका वडा नं. ५ कुरुम्बाका ५ बर्षीय बालकको यो नियति भोग्नुप¥यो । यसअघि उमेर पुगेका बयस्क तथा वृद्धलाई मानसिक सन्तुलन विग्रदा दाम्लोमा बाधिएको घट्ना बाहिर आए पनि ५ बर्षका अवोध बालक बाधिएको भने शायदै नौला घट्ना हुनक्छ ।
अवोध ती बालक दुई बर्षको उमेरदखि यसरी नै विताइरहेका थिए । तर केही सहयोगी हातलहरुले अहिले उनको उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा ओपिडीमा उपचार गराउन सफल भए ।
ती पाचबर्षीय अवोध बालक हुन् मित्रहाङ सम्हाङ्फे । जसले यो नियति भोग्नुप¥यो । पीडित बाबु अभिनन्दन सम्हाम्फे गरिबीका कारण पैसा कमाउन ०७१ साल माघमा मलेसिया जानुभयो । मलेसियामा गएको केही बर्ष वित्न नपाउदै श्रीमति आफ्ना दुई छोरा मित्र र उनका जेठा छोरा दिवस सम्हाङफेलाई चटक्कै छोडेर अर्कैसग गएपछि भने ती अवोध बालक मित्रहाङको दिनदशा शुरु भएको मित्रजङकी हजुरआमा किथुङमा सम्हाम्फे बताउनुहुन्छ ।
बाबु विदेश र आमाले छोडेर गएपछि उनका १० बर्षीय दाजु दिवस सम्हाम्फे घर नजिकै रहको हेलियन बोर्डिङमा पढ्न जान्थे । घरमा रहेका बाजे पदमसिंह सम्हाम्फे र बज्यु किथुङमा सम्हाम्फेलाई घरका धन्दा र खेति पाती गर्न नै भ्याई नभ्याई हुन्थ्र्यो । कामको सहजताका लागि उनीहरुले पीठो कुट्न प्रयोग गरिने ओखलमा कपडाको डोरीले बाधेर प्लाष्टिकमा खाना दिने गर्न थाले । मेलापातमा गएका दिनभरि एक्लै घरमा रहेका उनी त्यही ओखलमा बाधिए प्लाष्टिकको खाना खान्थे । साझ घर फर्किदा कतै हिडिहाल्ने र माटोको घर लिपपोत गर्नुपर्ने भएका
कारण उनको खाना माटोसरी हुने भएकोले आफूहरुरुले ओखलमा बाधेर प्लाष्टिकको भाडामा खाना खुवाउने गरेको बज्यु कथुङमाले बताउनुभयो ।
तीन बर्षदेखि लगातार यस्तै भएपछि सामाजिक सञ्जालमा उनको तस्विर सहित दर्दनाक कुरा बाहिरिएपछि भने काठमाण्डौका खुशी राई र अन्य साथीका पहलमा विहीबार बेलुका उनलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । शुक्रबार बच्चा वार्डमा भर्ना गरिएका ती ५ बर्षीय अबाध बालक मित्रहाूङ अहिले बोल्न पनि सक्दैनन् र कान पनि राम्ररी सुन्दैनन् । खुशी राई लगायतका सहयोगी हातहरुको सहयोगमा अहिले उनका उपचारका लागि १७ हजार बैंक व्यालेस गरिदिएका छन् भने बीपी कोइाला स्वास्थ्य प्रतिष्ठानले त्यहा लाग्ने सम्पूर्ण खर्च निशुल्क गरिदिएको प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले बताउनुभयो ।
डा. सिंहका अनुसार ५ बर्षको उमेर पुग्दा पनि उनमा शारीरिक तथा मानसिक विकास नभएको पाइएको छ । कान नसुन्ने र बोल्न नसक्ने भएका कारण प्रतिष्ठानको प्रविधि प्रयोग गरेर हेर्ने काम गरिएको उहाल बताउनुभयो । सहयोगी हातले गरेको सहयोग देखेर अहिल भन मिक्लाजुङ गाउपालिकाले समेत चासो दिएको डा. सिंह बताउनुहुन्छ । केही समय अगाडि विराटनगका १३ बर्षीय बालकको शरीरमा कसैले शरीरमा एसिड छर्केर हृदयविदारक घट्ना घटाएका थिए । उनलाई प्रतिष्ठानक सहयोगमा उपचार गराइएको थियो । तर यो र त्यो घट्नामा भन धेरै फरक भएको डा. सिंह बताउनुहुन्छ । एसिड आक्रमण मानवीय संवेदना नभएकाहरुले गरेका थिए भने यो भने विवशतामा गरिएको डा. सिंह बताउनुहुन्छ ।
