निर्मलाको पोष्टर फोविया
बलातकार पछि हतया गरिएकी निमला पन्तको नाम सुन्नासाथ पर्धानमन्तरी खप्रओ र घरेलु मन्तरी रावथालाई १०४ डिगीको ज्वरो आउँछ । त्यसैमाथि अस्तिका दिन खप्रओ र रावथाको स्वास्थ्यको ख्यालै नगरी तिनै पन्तको पोष्टर कञ्चनपुरेदेखि काठमाण्डौसम्म टाँस्देछ । त्यस्तो उल्लु काम पनि कही गर्नुहुन्छ ? त्यत्रा ठूल्ठूला मान्छेको स्वास्थ्य स्थितिको अलिकति ख्याल गर्नु पर्दैन ? आखिरी ती निर्मला को हुन् र ? कञ्चनपुरतिर यसो झुपडीमा बस्नेकी छोरी छ हुन् । निर्मलाको हत्यामा ठूलाबडाको हात छ र तिन्लाई जोगाउन पनि ठूला बडै लाग्य छन भन्ने जान्दाजान्दै खप्रओ र रावथाकै अगाडि त्यसरी पोष्टर टाँसेपछि त्यसै जंग चलिहाल्छ नि । घरेलु मन्तरीले आज्ञा दे’सी त्यसरी पोष्टर टाँस्ने १२ जनालाई प्रहरीले उँधोमुन्टो लगाएर गलहत्याउदै लगेछ । घण्टाघरले एउटा कुरोचाहिँ बुझ्नै सकेन । पर्धानमन्तरीका फोटोको चाहिँ विजुलीको पोलमा झुण्डाउन हुने निर्मलाको फोटाचाहिँ किन नपाइएको होला ? नेपालको संविधानको कुन धाराको कुन उपधारामा पर्धानमन्तरीको मात्र टाँस्नु भन्या छ हँ ? विजुलीको पोलमा काग पनि बस्छन् ।
असक्षेम भइ सके रे
विरासतको राजनीति गर्दै आएका आइँकाजी माने प्रकाशमान सिंहले अस्तिका दिन भन्या काँग्रेस सभापति स्यालबहादर असक्षेम भैसक्ेयो रे । नेतृत्वका बारेमा सोचिएन भने काँग्रसको भविष्येअन्धकार हुन्छ रे । हैन ती आइकाजी कहिलेदेखि ज्योतिष भए हँ ? आइकाजीले ज्योतिष पढेको छ लाग्दैन थ्यो । पाँचपाँच पटक पर्धानमन्तरी पड्काइ सक्या, पार्टीका सभापति वहालमै रहेका स्यालबहादुर कसरी असक्षेम भए होलान् ? ती भन्दा सक्षेम त कोही देखिदैनन् । अरु अहिलेसम्म पर्धानमन्तरी र सभापति भा’कै छैनन् । सक्षेम को होला ? लौन आइकाजी साहव बताइदिनु प¥यो ? कि सक्षेमको लागि टेन्डर आवहान गर्नुप¥यो । भाषन गर्ने खुराक नभएसी’ अन्टेसन्टे फलाक्यो नेता पल्टियो । कि कसो हौ ?
नया“ राजाहरु जन्मिए
कुन्सान काका माने अरुको उछितो काढेर कहिल्यै नथाक्ने संगौला खगेन्द्रले अस्तिका दिन भन्या नेपालमा नयाँ
राजाहरु जन्मिए रे । हैन ती कुन्सान काका त्रिताल पो थिए त कसरी ढिलो थाहा पाए हँ ? नयाँ राजाहरु त गणतन्त्र आएसी’ जन्मेका जन्मियै छन् । अहिले त नयाँ राजाहरु गनी साध्ये छैन । नयाँ राजाहरुले बलातकाको खत माफ गर्दिया छन्, हत्याको खत माफ गर्दिया छन्, भ्रष्टचारको खत माफ गर्दिया छन् लुटपाटको खत माफ गर्दिया छन् । नयाँ राजाहरु महँगा गाडीमा दौडन्छन्, आलिसान महलमा बस्छन्, दुई चार करोडको पलङ्गमा सुक्ला गर्छन्, प्रहरी प्रतिष्ठानलाई हटाएर होलिप्याड बनाउँछन्। समाज कल्याण परिषद हँटाएर बेकोमहरु परेड खेल्छन् । तर संगौला खगेन्द्र बाचाहिँ भर्खर यस्ता कुरा देख्दै रै’छन् । बुढेसकालले छोएसी’ आँखाको तेज कम हुने, कानले आवाज ठम्याउन छोड्ने हुन्छ भन्थे । त्यही भा’ होला बुढालाई ।
सहैय हुदैन रे
बूढानिलकण्ठे काजी माने काँग्रेस सभापति स्यालबहादुरका गफ सुन्दा घण्टाघरलाई कहिलेकाही उदेक लागेर आउँछ । दुई चार प्रतिशत मात्र बोली बुझिने काजीले अस्तिका दिन एउटा कार्जेक्रममा भट्याएछन ्प्रजातन्त्रमाथि कुनै हस्तक्षेप काँग्रेसलाई सैहय हुदैन । हैन हौ ती स्यालबहादुर निन्द्रामै बोल्छन् कि क्या हो ? नत्र त्यसरी नबोल्नु पर्ने हो । मुलुकाँ यतिबेला जसलाई जे गर्न नि छुट छ भन्ने कुरा तिनलाई हेक्कै रैनछ , पर्जातन्त्रमा आफूलाई लाग्या जे पनि गर्न पाइन्छ अहिले जस्लाई जे पनि गर्न छुट छ । बलात्कार गर्न नि छुट छ, हत्या गर्न नि छुट छ । भ्रष्टाचार गर्न घुस खान पनि छुट छ । यस्तो छुट कहिल्यै थिएन । नयाँ युगको शुरुवात भा’छ सरकारले कसैमाथि हस्तक्षेप नगर्ने नीति अपनाएको छ । यस्तो स्वर्णिम काल नेपालमा न राणा कालमा थियो, न पञ्चायत कालमा थियो, न प्रजातन्त्र कालमा थियो । धन्न खप्रओ कालमा यस्तो सुविधा प्रदान गरिएको छ । थुतुनोले जे पायो त्यही त बोल्नुभएन नि । धन्न खप्रअेको कालमा यस्तो सुविधा प्रदान गरिएको छ । थुतुनोले जे पायो त्यही त बोल्नु भएन नि ।
खानेले गुन गाए
बनेपालाँ अस्तिका दिन भर्खरै एशियाली क्रिश्चियन समिट सिध्या छ । क्रिश्चियन समितिको खर्च वापत
सरकारले झण्डै २३ करोड दे’छ । २३ करोड दिएसी’ २३ अर्ब कमाई हुने बुझेरै द्या होला । नेपालमा अहिले कागको फल टपक्कै टिप्ने सरकार छ । नबुझी नसुझी त त्यसै दया होइन होला ? क्रिश्चियन समिटमा नेपालका कम्युनिस्टहरु तँछाड र मछाड गर्दै पुगेछन् । आफूमात्र गएनन् आफनीहरुलाई पनि सिगारपटार पारेर पु¥याएछन् र क्रिश्चियन गुरु आमाको हातबाट आर्शीवाद समेत थापेछन् । एक थरिले यही कुरालाई उचाल्या उचाल्यै छन् । आगोमा घ्यू थप्याथप्यै छन् । कम्निस्टका हिन्दूहरु क्रिश्चियन भए भनेर चित्याइरा’छन् । किन चिच्याएका होलान् ? बुझन न सुझनु त्यसै चिच्याएर त भएन नि । हिन्दू धर्म र संविधान बनाउँदै डलरमा बेच्या थे । हिन्दू धर्म मान्ने भए माकुन्याले आमा वित्दा क्रिया गर्दैनन् थे ? प्रचण्डाउ सुटेडबुटेड भएर बाबु खस्दा हिड्थे त ? क्रिश्चियन समिटमा ज–जस्ले खाका थे तिनले गुन गाए गए । किन कोकोहोला मच्चाउनु ? कि कसो हौ ?
बाउदेउको गनगन
नेक्पाका नेता बाउदेउ गौतम हिजोआज अलि ज्यादै गनगन गर्न थाल्या छन् । कहिले के कुरामा ल्याङ्ग ल्याङ्ग गर्छन् त कहिले के कुरामा ल्याङ्ग ल्याङ्ग गर्छन् अस्तिका दिन तिनले भन्या खप्रओको सरकार पूरै असफल भयो अब काँग्रेस सहितको राष्ट्रिये सरकार बनाउनुपर्छ रे । तिन्नका बुद्धिको भाँडोमा विर्को लाग्या । खप्रओले बाउदेउलाई हिजो आज घाँस हाल्न छोड्या छन् क्यारे । त्यही भएर बाउदेउले ल्याङ्ग ल्याङ्ग गर्न थाल्या हुन् । बाँकेबाट कम्निस्टको लहर चँला नि हारेसी बूढा अलि विराक्तिएका छन् । रोल्पाबाट खाली गराएर उप चुनाउ लड्न खोज्या थे त्यो पनि भएन, काठमाण्डौबाट त्यसै गर्न खोज्या थे त्यसले नि हावा खायो । सरकार, पार्टी, स्रसद, कही नभएसी विचारा फुर्सदिला भएका छन् । खाली खोपडीका दिमाग भन्छन् त्यही भा’होला ।
रसातलमा पु¥याउने भए रे
एक सिटे नेता बाउराम बाजे कहिलेकाहीँ त गाँठी कुरा गर्छन् । तिन्का खोपडीमा कहिलेकाहीँ रा्रमै
कुरा फुर्दारा’न । अस्तिका दिन तिन्लाई के सनक चल्यो कुन्नि ट्वीटराँ लेखिहाले प्रचण्डाउ र खप्रओ कमाउरेड हुन रे । कुरो त साह«ै आना जायज हो । कमरेड त अब रहँदै रहेनन् । कामरेडको त निजी सम्पत्ति नै हुँदैन । तर यी दुईको सम्पत्तिको लेखोजोखो छैन । कमाउरेड नभए त्तिका सम्पत्ति कहाँबाट आउँछ ? ओली वा उखान टुक्कामात्र भन्दैनन् कमाउनिस्ट मामलामा पनि अगाडि छन् । बाउरामले त कमाउरेडबाट देश बँचाउन अपिलै रेछन् । राष्ट्रवादको वैसाखी टेकेर सत्तामा पुगेसी यी दुईले धार्मिक एनजिओको लोभमा फँसेर देशलाई रसातलमा पु¥याउने भए भनेर बाउरामले चिन्ता रेछन् । तिन्ले नि सत्तामा पुग्दा केही लछार पाटो ला थेनन् । अहिले अरुको के बढ्ख्याई गर्नु ?
अन्तेमा
नेप्लिज काँग्रेसकी नेतिनी डा. डिला संग्रौलाले भन्या निर्मला पन्तका बलात्कारी र हत्यालाई सरकारले काखी च्यापेको छ रे । सत्ता जोगाउन पर्धानमन्तरी र घरेलु मन्तरीले हत्याराला लुकाएका छन् रे । के उदेक सुन्नु प¥या हो । विचरा पर्धानमन्री आफै विरामी छन् । तिन्ले कसरी काखी च्याप्नु ? कहिले वौरिने कहिले ओछ्यान पर्नेले पनि कही काखी च्याप्छन् त ? उन्ले त १२ बर्ष पछि भए नि पत्ता लगाएरै छाड्नु भन्या छन् । अनि
घरेलु मन्तरीले बलातकारी र हत्यारालाई कसरी लुकाउनु ? पुलिसलाइ खोज भनेकै छन् । ती संग्रौलाले वित्थामा फत्तुर थापेकी । कि कसो हौ ?

