मलेसियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

राजविराज÷वैदेशिक रोजगारमा गएका नेपालीहरुको मृत्यु हुने गरेका समाचार नौलो होइन । सडक दुर्घटना, अत्याधिक कामको चाप लगायतका विविध
कारणले मृत्यु हुने गरेको हो । खासगरी खाडी मुलुक साउदी, कतार, दुवईका साथै मलेशियामा समेत धेरै नेपालीहरुको मृत्यु हुने गरेको छ ।
यसैक्रममा मलेसियाको रावाङमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । कोकोल्याण्ड कम्पनीमा कार्यरत सर्लाही डङगडा ६ का देवेन्द्र महत्तोको आइतबार दिउँसो सुतेकै अवस्थामा मृत्यु भएको उनका साथी राज यादवले बताएका छन् । महत्तोको मृत्युको
कारण खुल्न सकेको छैन । उनी सुतेकै अवस्थामा मृत फेला परेका थिए ।
घर फर्किने केहि दिन मात्र रहेको अवस्थामा मृत्यु भएको उनका साथी
राजको भनाई छ । मृतकको शव मलेसियाको रावाङ अस्पतालमा राखिएको छ । मलेसियामा नेपाली श्रमिकहरुको सुतेकै अवस्थामा मृत्यु हुने गरेको छ । चिकित्सकहरू यसको मुख्य कारण ह्यदयघात भएको मान्छन् ।

तपाईको प्रतिक्रिया