सुनसरीमा १० महिनामा ७० बलात्कार

इनरुवा÷देशका विभिन्न स्थानमा भएका बलात्कार र हत्याको घट्नाले चर्चा पाइरहेको अवस्थामा सुनसरी जिल्लामा समेत १० महिनाको अवधिमा ७० वटा बलात्कारका घट्ना सार्वजनिक भएका छन् ।
औपचारिक सेवा केन्द्र (इन्सेक)ले इनरुवामा आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा सुनसरी जिल्लामा गत पौष देखि असोज सम्ममा ७० वटा बलात्कार घट्ना भएको देखाएको छ ।
इन्सकेले आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०१९ को पूर्व सन्ध्यामा आयोजित समिक्षात्मक कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार १० महिनाको अवधिमा सुनसरी जिल्लाको विभिन्न स्थानमा ११ जनाको पासविक हत्या, चार वटा सांघातिक आक्रमण, घरेलु हिँसा, २० वटा वहुविवाह घट्ना, चारवटा मानव वेचविखनका घट्ना, एक गोली प्रहार, अपहरणसँगै १ सय ३८ वटा घट्ना भएको र त्यसबाट १ सय ५९ जना पीडित भएको उल्लेख छ । उक्त समिक्षात्मक कार्यक्रममा विभिन्न
राजनैतिक दलका स्थानीय नेतृत्व, स्थानीय निकायका प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, प्रहरी, प्रशासन, सञ्चारकर्मीहरुको उपस्थिति
रहेको थियो । समिक्षात्मक बैठकमा बोल्दै सुनरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले इन्सेकले २०१८ का घट्नालाई अभिलेखीकरण गरी नेपाल मानव अधिकार बर्ष २०१९ प्रकाशित गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी उप्रेतिले
राज्यका तर्फबाट मानव अधिकारका कुनै पनि प्रकारको घट्ना नभएको र आगामी दिनमा समेत नहुने विश्वास दिलाउनु
भयो । सुनसरीका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक राजन अधिकारीले नागरिकले आफ्नो अधिकार उपयोगसँगै कर्तव्यको पालना गर्ने हो भने मानव अधिकारका कुनै पनि घट्ना उल्लंघन नहुने बताउनुभयो । उहाँले मानव अधिकारका क्षेत्रमा काम गदैै आएको गैह्र सरकारी संस्था अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले १९९२ देखि नेपालमा मानव अधिकार बर्ष पुस्तक प्रकाशन गर्दै आएकोमा खुशी समेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया