“वाशुदेव सर्मम्”

बसन्तराज भट्टराई

पृथ्वीमा आगमनहेतु जातकको प्रारब्धले निर्णय गर्छभने प्रस्थानको लागि तिनवटा मार्गहरु निर्धारण गरिएका छन् । जसलाई “प्रस्थान त्रयः” भनिएको छ । सर्वप्रथम वैदिक मार्ग । जो उपनिषद् सम्मत चल्छ । जसमा रीचाहरु छन् । दोस्रो दार्शनिक मार्ग । जो ब्रहमसूत्र अन्र्तगत हिड्छ । जसमा सुत्रहरु पर्छन् । तेस्रो स्मार्तमार्ग । जो गीता ज्ञान गङाको रुपमा बगेको छ । यसमा श्लोकहरु छन् । उपनिषदमा
रीचाहरु भएकोले आधिकारिक एवं प्राज्ञिक वर्गको लागि उपयुक्त मानिन्छ । ब्रहम्सुत्रमा सुत्रहरु भएकोले यसलाई विद्वत्वर्गको लागि उपयुक्त भनिन्छ । अनि गीतामा श्लोकहरु भएकोले यो सबैको लागि उपयुक्त छ । उपनिषद् र ब्रहमसुत्र वैदिक कालीक हुनभने गीता पौराणिक कालको मानिन्छ । यी तिनवटा मार्गहरुमा सबैभन्दा उत्कृष्टमार्ग गीता नै हो । किन कि गीताभित्र उपनिषद एवं ब्रहम्सुत्र दुवैको भाव भोक्तालाई प्राप्त हुन्छ । त्यसैले संसारमा जे जति दर्शनहरु लेखिएका छन् । ती सबैको पृष्ठभुमि गीतामा आएर अडिएका छन् । किन्तु गीता आफैमा पुर्ण छ । यो कसैको अन्र्तगत पर्दैन । समग्र दर्शनहरुले जीव र जगतको बारेमा बोल्छन् । सजीव र निर्जीवको बारेमा बोल्छन् । साकार र निराकारको बारेमा बोल्छन् अनि प्रकृति र ब्रहमको बारेमा बोल्छन् । किन्तु गीता बोधगम्य भएकोले साधकलाई सीधै अनुभूति गराउन सफल मानिन्छ । गीतामा कुनै पनि विषयको द्वन्द छैन । साथै कुनैपनि विषयलाई स्थापित गर्न गीताको उदय भएको होइन । तसर्थ गीता समग्रतामा अभिव्यक्त हुन्छ । यसले कुनैपनि विचार, सिद्धान्त एवं मतलाई पुष्टि गर्दैन । त्यसैले गीताको अभिप्राय समस्त जीवको कल्याणहेतु मानिन्छ । निश्चय पनि गीता युद्धभूमिको विचौबिचबाट उदय भएको हो । किन्तु यहाँ युद्धको बारेमा, लडाई कौशलताको सम्बन्धमा अनि युद्धनीतिका सन्दर्भमा कुनैपनि कुरा आएका छैनन् । अर्जुनले मेरो कल्याणहुने कुरा बनाउनुहोस् भनेका छन् । अनि कृष्णले अर्जुन सहित सम्पूर्ण पृथ्वीवासीको कल्याणहुने कुरा मात्र बताएका छन् । तसर्थ गीताले मनुष्यलाई बेष्टिबाट समष्टितर्फ लगेको छ । त्यसैले गीता समग्रमा व्यक्तिन्छ । किनकी गीताले स्पष्टसँग भनेको छ कि “असंशयं समग्रम्” भनेर । गीताले कुनैपनि जाती, धर्म, भाषा, वर्ग, सम्प्रदाय आदिको निन्दा गर्दैन । केवल प्राणी मात्रको हीतका लागि यसको उदय भएको छ ।
गीतामा तिनवटा मार्ग आएका छन् । कर्मयोग, ज्ञानयोग र भक्तियोग । यी तिनैवटा मार्गहरु कृष्णसम्म पुग्ने सेतु हुन् । त्यसैले साधकहरुले यी तिनमध्ये कुनैपनि एकलाई लिएर अघि बढ्न सक्छन् । कर्मयोग स्थूल छ । ज्ञानयोग सुक्ष्म छ । अनि भक्तियोग त कारण भैगयो । यी तिनैवटा योगहरुले हाम्रो कायाबाट संसारसम्म अन्योन्याश्रृत सम्बन्ध बनाएर बसेका छन् । तसर्थ यी योगहरुलाई प्राप्त गर्नको लागि हामीसँग तिनवटा शक्ति उपलब्ध भएका छन् । निजीशक्ति अर्थात् सामथ्र्य । जान्ने शक्ति अर्थात् ज्ञान, अनि तेस्रोमा मान्ने शक्ति अर्थात आस्था, निष्ठा र विश्वास । सम्पूर्ण चराचर् जगतमा परमार्थको कार्यगर्न कर्मयोग निर्माण भयो । आफुलाई चिन्न वा जान्नका लागि ज्ञानयोग बनियो । अनि परमात्माप्रति आस्था र विश्वासराख्दै समर्पितहुन भक्तियोग बन्नपुग्यो ।
शरीरलाई लिएर कर्मयोग बनियो । शरीरीलाई लिएर ज्ञानयोग बन्यो । अनि शरीर र शरिरी दुवैको संयोगमा भक्तियोग बन्नपुग्यो । स्मरण रहोस् पाठकवृन्द ! ज्ञानयोग विनापनि कर्मयोग चल्नसक्छ किन्तु कर्मयोग विना ज्ञानयोग एककदम पनि हिड्न सक्दैन । त्यसैले गीता कर्मयोगलाई विशिष्ट मान्छ । “कर्मयोगो विशिष्यते” भनेर । हुन त कर्मयोग र ज्ञानयोग समकक्षी हुन् । अनि लौकिक पनि हुन् । जस्तै “क्षर” भनेको जगत होभने “अक्षर” भनेको जीव हो । क्षरलाई लिएर कर्मयोग हिडेको छ । अक्षरलाई लिएर ज्ञानयोग हिडेको छ । किन्तु भक्तियोग भगवान्लाई लिएर हिडेको छ । त्यसैले भक्तियोग अलौकिक छ । अक्षुण्ण छ । अविच्छिन्न छ । अनि असाधारण र असामान्य पनि छ । गीताले भक्तिलाई अद्वैत र ज्ञानलाई द्वैत भन्नपुगेकोछ । किन कि ज्ञानका विषयहरु जोडीजोडी छन् । जस्तै प्रकृति र ब्रहम् । जड र चेतन । साकार र निराकार । सत र असत् ! सजीव र निर्जीव । अनि शरीर र शरीरी । किन्तु भक्तिमा केवल एउटा मात्र
परमात्मा छ । परात् परब्रहम परमेश्वर अर्थात् “एकोहं द्वितीयो नास्ति” । गीताको तात्पर्य “वासुदेव सर्वम्” हो । त्यसैले सम्पूर्ण चराचर जगत वासुदेवमा अडिएको छ । यही परमात्मातत्व सिवाय पृथ्वीमा अरु कसैको सत्ता छैन । यस संसारमाहुने घटनाहरु चाहे कार्यरुपबाट हुन्, चाहे कारणरुपबाट हुन या प्रभाव रुपबाटै किन नहुन्, ती सबै घटनाहरुको नायक म हुँ भनेर कृष्णले घोषणा गरेका छन् । तसर्थ समग्र गीता कृष्णको इर्द(गिर्द घुमेको
पाईन्छ ।
गीतामा उल्लेख भएका तिनैवटा मार्गले साधकलाई परात् परब्रम्ह परमेश्वर समक्ष पु¥याउन सफल छन् । संसारमा बताइएका जे जति मार्गहरु छन् ती पनि यिनै तिनमा आएर पुर्ण हुन्छन् । सम्पूर्ण मार्गले गर्नेकाम एउटै हो । जड्ताको सम्बन्ध जरैबाट उखलेर फ्याँक्नु । तसर्थ जड्ताको सम्बन्ध विच्छेदगर्ने साधनहरु धेरैहुन सक्लान् । किन्तु सम्बन्ध विच्छेद भैसकेपछि उपलब्धिको स्वरुप त एउटै हुन्छ । जसलाई गीता समरुप भन्छ । नित्ययोग भन्छ ।
त्र

 

तपाईको प्रतिक्रिया