धरानमा अर्को शाहसिक खेलको परिक्षण

धरान÷ धरानलाई धार्मिक, शाहसिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउन धरानेहरु अहिले जुटेका छन् ।
प्याराग्लाइडिङ, साइकलिङ्ग, ¥याप्टिङ लगायतका साहसिक खेलकहरु सञ्चालन भइसकेको
धरानमा पुन अर्को शाहसिक खेल फ्ल्याइङ्ग फक्स शुरुवात गरिएको हो । धरान १३ र २० को संगम स्थल सर्दु जलाधार क्षेत्रमा शुरु गरिएको यो खेल विगतमा खोला तर्न प्रयोग गर्न बनाइएको घिर्नीको विकसित रुपको रुपमा लिइएको छ ।
परीक्षणका क्रममा १ सय ५० मिटरको दूरीमा तारमा झुण्डिएर खोला तर्ने गरिएको छ । यसको उद्घाटन प्रदेश नं. १ का वन, वातावरण तथा पर्यटन मन्त्री जगदीश कुशैयतले तारमा झुण्डिएर गर्नुभएको थियो ।
६० बर्ष अगाडि फ्लाइङ्ग फक्स सञ्चालन गरेको केही दूरी माथि ढुंगा खानी रहेको र घिर्नीको माध्यमबाट ढुंगा ढुवानी गरेर निर्माणका कामहरु गरिने इतिहास रहेको उल्लेख गर्दैे इतिहास कायमै राख्न घिर्नीको विकसित स्वरुप फ्लाइक्स फक्सको परीक्षण
गरिएको वातावरण तथा पर्यटन केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो ।
काठमाण्डौ स्काउटको प्राविधिक सहयोग तथा फ्लाइङ्ग फक्सु एड्भेन्चरको सहयोगमा यो शाहसिक खेलको शुरुवात गरिएको हो । धरान २० को ओसो ्ध्यानकेन्द्रको माथिबाट धरान १३ सर्दु जलाधारक्षेत्रको दूरीमा यो खेल उपयुक्त भएकै कारण आफूहरुले यो खेलको
परीक्षण गरिएको फ्लाइक्स फक्स एड्भेन्चरका इभेन्ट म्यानेजर अमितप्रसाद आचार्यले बताउनुभयो । उहाले साइकलिङ्गको टुरका क्रममा यो ठाउ उपयुक्त रहेको देखिएकोले पहिलोपटक धरानमा परीक्षण गरिएको बताउनुभयो ।
यसमा प्रदेश सरकारले समेत भरपुर सहयोग गर्ने भएको छ । जैविक विविधता भएको यस स्थानको प्रवद्र्धनका लागि प्रदेश सरकारले १० लाख रुपैया विनियोजन समेत गरेको छ । पर्यटनको क्षेत्रमा धरान धेरै सम्भावना बोकेको स्थानमध्ये एक भएकोले पनि यसलाई धार्मिक, शाहसिक पर्यटनको हव बनाएर लानुपर्नेमा प्रदेश न.. १ का वन, वातावरण तथा पर्यटन मन्त्री जगदीश कुशैयतले बताउनुभयो ।
यो खेललाई दीर्घकालीन रुपमा सञ्चालन गर्ने सोचका साथ परीक्षण गरिएको बताइएको छ । यसमा स्थानीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । स्म्भावना नै सम्भावना बोकेको धरानलाई पर्यटकीय हव बनाउने अभिप्राय बोकेर नया नया शाहसिक खेल भित्र्याउनु धरानको लागि मात्र हैन प्रदेश नं. १ कै लागि सकारात्मक पक्ष हो । यसलाई सञ्चालन गर्न जति सहज छ निरन्तता दिन त्यतिकै गाह्रो छ । तसर्थ दीर्घकालीन सञ्चालनका लागि स्थानीय सरकार, प्रदेश सरकार र पर्यटन व्यवसायी लाग्न जरुरी छ ।

तपाईको प्रतिक्रिया