धरान÷संविधानमा पहिचानवादी, आदिवासीहरुप्रति विभेद गरेको भन्दै
असोज ३ गते कालो दिवस मनाएको संघीय लोकान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं १ लाई लिम्बुवान किरात खम्बुवान प्रदेश कायम गरिनुपर्छ भन्दै इटहरीदेखि विराटनगरसम्म असोज १५ गते वृहत मोटरसाइकल ¥याली गर्ने भएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले दिनुभएको जानकारी अनुसार प्रदेश नं १ को नामांकन लिम्बुवान किरात खम्बुवान हुनुपर्छ भन्दै यस भन्दा अगाडि विराटनगरसम्म मार्च पास, प्रदेश सांसद घेराउसँगै विविध कार्यक्रम सम्पन्न भइसकेको छ । मोटर साइकल ¥याली सम्पन्न गर्न केन्द्रदेखि जिल्ला स्तरका नेतृत्वको वैठक विभिन्न चरण भइसकेको उहाले बताउनुभयो । झण्डै पाचसय मोटर साइकलको ¥याली इटहरीदेखि विराटनगर संसद भवनसम्म पगेर कोणसभा हुने र कोणसभालाई केन्द्रीय अध्यक्ष कुमार लिंगदेन लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सुनसरी इन्चार्ज भुपेन्द्र सुन्दर लावतीले
बताउनुभयो ।
पछिल्लो समय लिम्बुवानको मुद्दा पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. १ को राजधानीको नामांकन कोशी वा सगरमाथा
राख्न औपचारिक रुपमा निर्देशनात्मक आदेश दिएपछि मञ्च सम्बन्ध नेताहरु सो को विरुद्धमा आवाज उठाउँदै आएका छन् । मञ्चका अध्यक्ष कुमार लिंगदेनले लिम्बुवान किराँत खम्बुवान नभए गृहयुद्ध हुने चेतावनी दिदै आएका छन् ।
