बर्बराएको ओठले समृद्धि हासिल हु“दैन

मुुलुक यतिबेला अत्यन्तै जटिल अवस्थाबाट गुज्रिरहेको छ । शान्त स्वभावका आम नेपाली नागरिक खल्बलिएका छन् । डर, त्रास, चिन्ताले पिरोलिएका छन् । यहाँ दिनदहाडै अवोध बालिकाको अस्मिता लुटेर हत्या मात्र गरिएको छैन सामाजिक प्रतिष्ठा आर्जन गरेका व्यक्तिको गोली हानी हत्या समेत हुने गरेको छ ।
पछिल्ला पटक सुनसरीमा एक अल्पसंख्यक मुसलमानको हत्या गरिएको छ । नेपाल भारत सीमा नजिक पर्ने हरिनगरा भुटाहामा आफनो समुदायको शिक्षासेवी समेत रहेका मैलाना खुर्सिद आलमको गोली हानी हत्या गरियो ।
वर्तमान सरकार सत्तासीन भएपछि गोली हानी सुनसरीका र्खुिर्सदको मात्र हत्या भएको छैन दर्जनौ खुर्सिदहरु अपराधीबाट
मारिएका छन् । कोही बाह्य अपराधीबाट मारिएका छन् भने कोही
राजनैतिक संरक्षण प्राप्त अपराधीहरुबाट मारिएका छन् । राजनैतिक
ंरक्षा प्राप्त अपराधीबाट अक्सर गरेर व्यसायीहरु मारिएका छन् । पछिल्लो समय खुर्सिद आलमको हत्या वाह्य अपराधीहरुबाट भएको छ । नेपालीहरु आन्तरिक र वाह्य दुवै अपराधीबाट सुरक्षित छैनन् । तर सरकार विगत ६ महिनाको शान्ति सुरक्षाको सतही मुल्यांकन गर्न मै व्यस्त छ । उसले ६ महिना यताको शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको विना संकोच बताएको छ ।
राजधानीमै पूर्व फ्रान्सका राजदूतको हत्या, बालक अपहरणपछि हत्या, दैनिक दर्जनौ बालिका बलत्कृत भइरहेका छन् तर सरकार शान्ति सुरक्षाको अवस्था मजबुत रहेको भन्दै गोयल्सवादी प्रचार गरिरहेको छ । सुनसरीमा विहीबार हत्या गरिएका खुर्सिद को हुन् ? उनीभित्र कस्ता पात्र थिए भन्ने कुरा कसैलाई थाहा छैन । जिल्ला सल्लाहकार सदस्य र मदरसा सञ्चालक भएकै आधारमा उनीमाथि दिनदहाडै गोली प्रहार भएको पक्कै होइन । हाल एसएसपीको संयोजकत्वमा गठन भएको छानविन समितिले १५ दिन भित्रमा गृह मन्त्रालयमा प्रतिबेदन बुझाउने गरी छानविन थालेको छ । उसले दिने प्रतिवेदन झारा टराई प्रकृतिको मात्र हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । छानविन समिति केवल ततकाल स्थानीयमा देखिएको आक्रोस मत्थर बनाउन मात्र गठन भएको हो । यस्ता छानविन समितिले बनाएका प्रतिवेदन आजसम्म कहिल्यै कार्यान्वयनमा आएका छैनन् । छानविन समितिलाई गहिराईमा गएर छानविन नगर्न सम्भवत निर्देशन प्राप्त भइसकेको हुनुपर्छ । तत्कालको आक्रोसलाई मत्थर पार्न मात्र नभएर सरकारमा आफ्नै पार्टी रहेको अवस्थामा कार्यकर्ता पलायन रोक्न मात्र भएपनि वर्तमान सरकारले खुर्सिद परिवारलाई १० लाख राहत र सहीद घोषणा गरेको छ ।
खुर्सिद हत्या काण्डमा छानबिन समिति वास्तविकताको
गहिराइमा पुग्नै सक्दैन । यदि पुगिहाले तापनि प्रतिवेदन गायव बनाइन्छ । आखिरी खुर्सिद जोसुकै हुन् । दिनदहाडै हत्या हुनुले नागरिकको बाँच्न पाउने अधिकार कुण्ठित भएको छ । रातारात खुर्सिदहरुलई सरकारले सहीद घोषणा गरेर सहीदको अवमूल्यन गरेको छ । खुर्सिदले मुलुकका लागि के योगदान दिएका थिए ? उनले गरेका अविस्मरणीय काम के हो ? सरकारसँग यसको समान्य अभिलेख समेत छैन । घट्नापछि सडकमा देखिएको भिडलाई मत्थर बनाउन सरकारले सहीदको पगरी गुथाइदिएको छ । अर्थात नेपालमा एकजना सहीदको संख्या थप्ने काम भएको छ । आफनो दलको सरकार हुँदा नेपालमा यही एउटा फाइदा छ हत्या भएमा राहत रकम र सहीद घोषणा । आखिरी मुलुक उही परम्परा र सोचबाट चल्ने हो ? हुन त नेपालमा परिवर्तनका लागि संघर्ष, आन्दोलन भएकै छैनन् । पञ्चायतका विरुद्धमा आन्दोलन भयो पञ्चायत गयो आन्दोलन गर्नेहरु सत्तामा पुगे । यहँ व्यवस्था र व्यक्तिमात्र परिवर्तन भएका छन् सोचमा परिवर्तन आएको छैन । जबसम्म सोचमा परिवर्तन आउँदैन सत्ता निकट भएका खुर्सिद आलमहरुको हत्या हुँदा उनीहरु सहीद घोषित हुन्छन्, राहत रकम पाउँछन्, बस †

तपाईको प्रतिक्रिया