अनुसन्धानका कर्मचारीलाई दिने इन्धन कहा“ जान्छ ?

धरान÷पछिल्लो समय निस्प्रभावि बन्दै गएको राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु कार्यक्षेत्रमा सुख्खा खट्ने गरेको पाइएको छ ।
गृह मन्त्रालय अन्तर्गत रहेको
राष्ट्रिय अनुसन्धान कार्यालयलाइ प्रधानमन्त्री कार्यालय मातहत
राखेपछि सेवा सुविधा बढ्ने आशामा रहेका कर्मचारीहरु खिस्रिक्क परेका छन् । अन्य कार्यालयको तुलनामा सेवा सुविधा नहुने राष्ट्रिय अनुसन्धान कार्यालयका क्षेत्रीय अनुसन्धान निर्देशक सुनिल ढकालको कथन छ ।
ढकाल भन्नुहुन्छ मुलुक संघीयतमा गएपछि संघ र प्रदेश दुवैसँग समन्वय गरेर हिड्नु परेको छ । उहाँ भन्नुहुन्छ, फिल्डमा खड्ने कर्मचारीहरुलाई तबलबाहेक दैनिक खाजा, भत्ता केही छैन । यद्यपि कार्यालयका तर्फबाट फिल्डमा खट्ने कर्मचारीका लागि मोटरसाइकलको इन्धनवापत मासिक एसपी लेवललाई १५ लिर पेट्रोल, डिएसपी र सो भन्दा तल्लो लेवललाई मासिक १० लिटर दिने गरिएको ढकालले
बताउनुभयो ।
तर फिल्डमा खट्ने मोटर साइकल पाएका कुनै पनि कर्मचारीले आजसम्म इन्धन नपाएको बताएका छन् । पहिला इन्टेलिजेन्स भत्तावापत १ हजार दिँदै आएतापनि हाल उक्त भत्ता दिन बन्द गरिएको एक कर्मचारीले बताए । सहायक सुचक आशाकिरण चौधरीले को २० प ८७१८ नम्बरको कार्यालयको  मोटरसाइकल चलाएको धेरै भयो ।
सुनसरीको देवानगञ्ज फिल्डमा खटिएका चौधरी भन्नुहुन्छ कार्यालयले इन्धन दिएको आजसम्म थाहा छैन । लुगा भत्ता,रासन भत्ता, बर्षको विदाको पैसा बाहेक अन्य सुविधा आफूलेमात्र नभएर फिल्डमा खटिएका अरु कसैले पाएको आफूलाई थाहा नभएको बताए । यसै सम्बन्धमा राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख टिका पोख्रेलसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो सीमित स्रोतका बाबजुद हामीले इन्धन उपलब्ध गराएका छौं । जिल्लामा २२ जना कर्मचारीहरु फिल्डमा खटिएको तर सबैलाई मोटर साइकल उपलबध नभए पनि मोटरसाइकल पाएकाहरुलाइ हामीले स्रोतले भ्याएसम्म इन्धन दिएका छौं । क्षेत्रीय अनुसन्धान निर्देशक मासिक इन्धन उपलब्ध
गराउने गरिएको बताउनुहुन्छ भने जिल्ला प्रमुख समेत दिने गरिएको बताउनुहुन्छ । तर फिल्डमा खट्ने कसैले पनि इन्धन पाएका छैनन । आखिरी इन्धनको रकम जान्छ कहाँ ?

तपाईको प्रतिक्रिया