इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक कार्तिक महिनाको पुलिस अफ द मन्थ घोषित, धरानमा लागू औषधका कारोबारी र गुण्डाहरु सुसुप्त अवस्थामा रहेका छन

धरान/पूर्व क्षेत्रीय प्रहरी कार्यालय
रानी विराटनगरले इलाका प्रहरी कार्यालय धरानका प्रमुख, प्रहरी नायव उपरिक्षक
(डिएसपी) सञ्जयसिंह थापालाई पूर्वाञ्चलमै कार्तिक महिनाको उत्कृष्ट प्रहरी, पुलिस अफ द मन्थ घोषित गर्दै प्रशंसापत्र प्रदान गरेको छ ।
झण्डै एक बर्ष यता इलाका प्रहरी कार्यालय धरानमा कार्यरत थापाले
अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै कार्तिक महिनाको पुलिस अफ द मन्थ घोषित गरिएको हो । क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख नवराज सिलवालले पूर्वाञ्चलमा
रहेका इलाका, जिल्ला तथा प्रहरी पोष्टमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि उत्कृष्ट भूमिका निर्वाह गरेवापत यस्तो घोषणासागै प्रशंसापत्र दिने व्यवस्था गर्नुभएको हो ।
लागू औषध प्रयोग, विक्री वितरण तथा ओसार पसारको केन्द्र मानिने
धरानलाई मुक्त बनाउने अभियानमा लाग्नु भएका थापाले खैरो हिरोइन, कोरेक्स, डाइजोपाम, नाइट्रोसन, एभिल, नोरोजेसिक, स्पास्मोप्रोक्सिवन, ट्याब्लेट, गााजा सहित हालसम्म ३ सय ९० बढीलाई कानुनी दायरामा ल्याइसक्नु भएको छ भने हत्याका फरार अभियुक्त गुण्डागर्दी गर्ने दर्जनौलाई पक्राउ गरी कारबाही गर्न सफल हुनुभएकोले थापालाई कार्तिक महिनाको पुलिस अफ द मन्थ घोषित गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसै सम्बन्धमा हामीले प्रहरी नायव उपरीक्षक थापालाई प्रहरी अफ द मन्थ घोषित हुादा कस्तो अनुभव गर्नुभएको छ त भन्ने जिज्ञासा राख्दा उहााले भन्नुभयो, मलाई अत्यन्तै खुशी लागेको छ । यसले मलाई अझ जिम्मेवारी थपिएको र अझ बढी कम गर्नका लागि हौसला मिलेको छ । हौसला, उत्प्रेरणा त मिलेको छ एकातिर भने अर्कोतर्फ राम्रो काम गरियो भने मुल्यांकन हुने रहेछ भन्ने स्पष्ट भएको छ । साथै अन्य प्रहरीलाई पनि आगामी दिनमा राम्रो काम गर्नुपर्छ भन्ने बोध भएको छ ।
उत्कृष्ट प्रहरी घोषणा गर्ने एउटा
परिपार्टी क्षेत्रले बनाएकोमा त्यसलाई कसरी हेर्नुभएको छ भन्ने सवालमा थापाले भन्नुभयो यो अत्यन्तै सकारात्मक हो । पहिला आचरण विपरीतका काम गर्नेलाई प्रहरी नियमावली अनुसार कारबाही गरिन्थ्यो । पुरस्कृत हुनलाई राम्रो कामको मुल्यांकन हुन्थ्यो । प्रहरी दिवसका दिन वा त्यस्तै अन्य कार्यक्रममा राम्रो काम गर्नेलाई
पुरस्कृत गरिन्थ्यो । अहिले प्रत्येक महिना पुरस्कृत हुने परिपार्टीले हामी फिल्डमा खटिने अफिसरहरुलाई एक प्रकारको प्रतिष्पर्धाको भावना जगाएको छ । म अझ राम्रो काम गर्न सकुा भन्ने भावना जागेको छ । यो महिनामा म राम्रो काम गर्छु भनेर दत्तचित्तले लाग्छन् । प्रतिष्पर्धा र राम्रो काम गर्ने इच्छा शक्ति यसले जगाउछ । यस्तो परिपार्टी अन्यत्र छ कि छैन भन्ने सवालमा प्रहरी नायव उपरिक्षक थापा भन्नुहुन्छ, अन्यत्र छैन । पूर्वाञ्चलबाटै यस्तो परिपाटीको शुरुवात भएको छ । मुल्यांकनका आधार के के हुन सक्छन् भन्ने सवालमा  उहाा भन्नुहुन्छ आधार त धेरै छन् । क्षेत्रीय कार्यालयले पुलिस अफ द मन्थको जुन थालनी गर्‍यो त्यसै बेला केही आधार तय गरिएका छन् । शान्ति सुरक्षा कायम गर्न के के काम गर्‍यो, नयाा नयाा उसको इनिसेनमा के के भए, अपराध नियन्त्रणमा उसको भूमिका कस्तो रहयो, सामाजिक सुरक्षा तथा अन्य विकृति विसंगति नियन्त्रण गर्न के कस्तो काम गर्‍यो, समाजका सबै वर्गलाई सागै ल्याएर हातेमालो गरेर उसले काम गर्‍यो गरेन, कुनै पनि मुख्य घट्ना घट्दा उसको अुसन्धान र रिजल्ट कस्तो आयो । यी सबै कुरालाई आधार मानेर उत्कृष्ट प्रहरी घोषणा गरिएको हो जस्तो मलाई लाग्छ ।
यहााकै शब्दमा भन्नुपर्दा सुनसरीको धरानमा यस अवधिमा उत्कृष्ट कार्मेहरु के के भए भन्ने सवालमा उहााले भन्नुभयो, हामीले ७ वटा गम्भीर प्रकृतिका हत्या केशहरु, कर्तव्य ज्यानका केशहरु अनुसनधान गर्‍यौ । जस्तै हम्बुढे केस धरान १३ को शभ्मु राईको हत्यामा संलग्न ३ जनालाई छोटो समयमा धनकुटादेखि लुकीछिपी बसेकाहरुलाई पक्राउ गर्‍यौ । श्रीमतिको हत्या गर्ने श्रीमान, श्रीमानको हत्या गर्ने श्रीमतिलाई पक्राउ गर्‍यौं । विशेष गरी लागू औषधको क्षेत्रमा हामीले धेरै काम गरेका छौं । लागू औषधको क्षेत्रमा अहिले धरानको स्थिति जुन विकराल थियो त्यो स्थितिलाई सुधार गरेका छौं । धरानलाई लागू औषधको शहरको रुपमा चिनिन्थ्यो । यो अवधिमा ठूलो संख्या लागू औषध
र दुव्र्यसनी पक्राउ गरेका छन् । ओसारपसार, कारोबार, सञ्चय, विक्री वितरण गर्ने मानिसलाई कानुनको दायरामा ल्याएका छौंै. र सुधार्न पठाएका छौं । सागसागै गुण्डागर्दी नियन्त्रणमा पनि हामीले सफलता पाएका छौं । लागू औषधको क्षेत्रमा जनचेतनामुलक कार्यक्रमलाई अगाडि बढाएका छौं । लगभग ३० वटा जति जनचेतनामुलक काम
गरिसकेका छौं । धरानका स्कुल, चौकहरुमा यस्ता कामहरु गरेका छौं । यसका अलावा इलाका प्रहरी कायाृलय हाताभित्र समेत
धेरै काम गरेका छौं । सामुदायिक प्रहरी सेवाको कार्यकक्ष, सामुदायिक प्रहरीलाई कसरी ड्राइभ गर्ने, समाजका विभिन्न समस्यामा जनचेतना फैल्याउने, विकृति विसंगतिका बारेमा जनचेतना फैल्याउने काममा पनि मैले भूमिका निर्वाह गरेको छु । यिनै गतिविध र धरानका स्थानीय बासिन्दासाग समस्याहरुमा घर घर पुगेर हातेमालो गरेको छु । धरानमा थप समस्या के देख्नु भएको छ भन्ने सवालमा उहाा भन्नुहुन्छ समस्या के छ भने लागू औषधकै छ । जसलाई पूर्ण रुपमा नियन्त्रण गर्न यहााका जति पनि दुव्र्यसनी छन् उनीहरु पुन: लागू औषधको चपेटामा फेरि फस्न सक्छन् । त्यस अवस्थालाई ध्यानमा राखेर हामीले प्रहरीद्वारा संरक्षित व्यवस्थित एउटा सुधार गृह जुन पूर्व क्षेत्रीय स्तरकै होस् खोल्ने प्रयासमा
छौं । त्यसपछि गुण्डाहरु, यहााका फटाहाहरु समूह समूह बनाई जे पनि गर्न सकिन्छ भन्ने मनस्थितिमा छन् । यस्ता गुण्डाहरु यतिबेला सुसुप्त अवस्थामा पुगेका छन् । प्रहरीले कहिले हामीलाई आाखा लगाउन छोड्छ र हामी टाउको उठाउाछौ भन्ने ताकमा छन् । त्यसलाई हामी निगरानी गरिरहेका छौं ।
धरानमा सुकुम्बासीहरु पनि बढी रहेकोले यस्ता ठाउामा घरेलु मदिरा उत्पादन, घरेलु हिासा, महिला हिासा, सामान्य स्वास्थ्य चेतना नभएको अवस्था छ । धरानमा यत्रो स्वास्थ्य प्रतिष्ठान छ तर पनि उनीहरु अनविज्ञ जस्ता छन् । यसलाई पनि हामीले समस्याकै रुपमा लिएका छौं ।
पछिल्लो समय  यहाा मिटर व्याजका दलालहरुको पनि कुरा उठेको छ त्यसलाई यहााले कसरी हेर्नु भएको छ भन्ने सवालमा उहााले भन्नुभयो यो एउटा अर्को समस्या दखियो । हामीले यस्तो पर्दा पछाडि हुने ढुकुटी, मिटर व्याजका दलालहरुलाई निगरानीमा
राखेका छौं । १ लाखमा २० हजार व्याज कहाा पाइन्छ ? ती मानिसले इजी मनिको काम गरेका हुन् । यसले अपराध जन्माउाछ । आर्थिक लेनदेनका मुद्दामा सिधै हामीले हस्तक्षेप गर्न कानुनले दिादैन । तर अपराध जन्मिएपछि हामी कारबाही अगाडि बढाउाछौं । कुनै व्यक्तिले हालसम्म पनि उजुरी गरेको छैन ।
फौजदारीको अपराध आर्थिक लेनदेनमा पर्दैन यो देवानी मुद्दा हो । अझै यो मिटर व्याजको सम्बन्धमा हामीमा सिधै निवेदन आएको छैन । पत्रकारहरुले पनि वास्तविक सूचना प्रहरीलाई दिादैन । खाली प्रहरीले काम गर्न सकेन भनेर मात्र लेख्छन् । सूचना पाएपछि हामी आफ्नो अधिकार क्षेत्रभित्र बसेर
कारबाही गर्छौ  । यसले सामाजिक सुरक्षा खलल बनाएको छ । तथापि हामीले चक्रवर्ती व्याजको सन्दर्भमा केही मानिसलाई ल्याएर काबाही चाहिा गरेका छौं । हामी मिटर व्याजमा पैसा लगाउने र लिनेको सुक्ष्म अध्ययन
गरिरहेका छौं ।

तपाईको प्रतिक्रिया