इनरुवा/जिल्ला वन कार्यालय सुनसरीका १९ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरुले एकसाथ राजीनामा दिएका छन् ।
त्यसरी एकसाथ राजीनामा दिनेहरुमा १० जना सशस्त्र वन रक्षक, ४ जना वन रक्षक, तीन जना वन, ३ जना वन कार्यालय सहायक (फरेस्टर) र १ जना नावय सुब्बा रेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वनमा कार्यरत कर्मचारीको शैक्षिक
प्रमाणपत्र जााचका लागि वन विभागलाई पत्राचार गरेपछि बर्षौदेखि नक्कली शैक्षक प्रमाणत्र पेश गरी राज्यबाट तलब सुविधा उपभोग गरिरहेका त्यस्ता कर्मचारीहरुले अख्तियारको डरले राजीनामा गरेको जिल्ला वन कार्यालयका एक कर्मचारीले बताए ।
अख्तियारको अनुसन्धानमा पर्नु अगाडि राजीनामा दिादा जरिवाना तथा थप कारबाही नहुने भएपछि उनीहरुले राजीनामा दिएको सहायक जिल्ला वन अधिकृत सचिन्द्र यादवको कथन छ । उहााका अनुसार अख्तियारले शैक्षिक प्रमाणपत्र छानबिनका लागि विभागमा पत्राचार गरेको सत्य हो । तर पत्र अनुसार विभागले मातहतका जिल्ला वन कार्यालयहरुलाई पत्राचार गरेको सत्य हो । तर पत्र अनुसार विभागले मातहतका जिल्ला वन कार्यालयलाई पत्राचार नगर्दै कर्मचारीहरुले भटाभट राजीनामा दिए । सशस्त्र वन रक्षक, वन कार्यालय सहायक र वन रक्षकले राजीनामा दिएपछि त्यसबाट वन संरक्षणमा कस्तो असर पर्ला भन्ने जिज्ञासामा सहायक वन अधिकृत यादव भन्नुहुन्छ असर त स्वभाविक रुपमा परिहाल्छ नि । तर कार्यालयका एक कर्मचारीले यादवको भनाईमा सत्यता नभएको प्रष्ट पारे । उनले भने राजीनामा दिने कर्मचारीहरु नै सुनसरीमा बन विनासका जड थिए । पदीय आडमा विभिन्न समुदायिक वनका पदाधिकारीसाग सााठगााठ गरी काठ बेच्ने काममा यिनीहरु नै सक्रिय थिए । वन अधिकृत देखि जिल्लाका कुनै पनि कर्मचारीहरुलाई यिनीहरु टेदैनन्
थिए । विभिन्न राजनैतिक व्यक्तिको प्रभाव देखाउने काम समेत गर्दै आएका थिए । उनले भने यिनीहरुको राजीनामाले सुनसरीमा आधा वन जोगिन भयो ।
हुन त यतिबेला सुनसरीमात्र हैन झापा, मोरङ्ग, इलाम, धनकुटा, उदयपुर लगायतका दर्जनौ जिल्लाका सशस्त्र वन रक्षक, वन रक्षक, फरेस्टहरुले धमाधम राजीनामा दिइरहेका छन् । त्यसको प्रमुख कारण अखित्यारको त्रास नै हो सहायक वन अधिकृत सचिन्द्र यादवले भने ।
