भारतद्वारा नेपाली सेनालाई हेलिकोप्टर प्रदान

राजधानी/भारत सरकारले नेपाली सेनाका लागि एकथान हेलिकोप्टर सहयोग स्वरुप मंगलबार प्रदान गरेको छ ।
एलएच धुव्र मार्क थ्री उक्त हेलिकोप्टर १४ सिट क्षमताको रहेको छ । दक्षिण एसियाली क्षत्रीय सहयोग संगठन (सार्क) को १८ औा शिखर सम्मेलनमा भाग लिन मंगलबार नेपाल आउन ुभएका
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त हेलिकोप्टर नेपालका प्रधानमन्त्री सुशिल कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । कोइरालाले पुन : नेपाली सेनाका प्रधानसेनापति गौरव शमशेर जवरालाइ हन्तारण  गर्नुभएको थियो ।
नेपाली सेनाले मंगलबार सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारहोमा हेलिकोप्टर हस्तान्तर भएको थियो । उक्त हेलिकोप्टर शनिवारै नेपाल ल्याइ सकिएको थियो । नेपाल  भारत बीचमा विगतमा भएको सहमति अनुसार उक्त होलिकोप्टर नेपाललाई उपलब्ध
गराइएको हो । स्रोतले दिएको जानकारी अनुसार हन्तारन्तण गरिएको उक्त हेलिकोप्टर सन् २०१२ मा निर्माण गरिएको हो । यस प्रकारको हेलिकोप्टर भारतीय सेनाले आक्रमणका समयमा प्रयोग गर्ने गरेको र यसलाई धेरै उचाइमा उडाउन सकिन्छ ।
यसैबीच हिजो मंगलबारबाटै सरकारी स्तरमा नयाा दिल्ली काठमाण्डौ बस सेवा शुरु भएको
छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र  नेपालका प्रधानमन्त्री सुशिल कोइरालाबीच सााझ ५ बजे सहमतिमा हस्ताक्षर भएपछि बस सेवा शुरु भएको हो । मंगलबार दिल्ली प्रस्थान गर्ने बसको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि र दिल्लीबाट छुट्ने बसको उद्घाटन हाइवे मन्त्री नितिन गड्कारीले गर्नुभएको यियो । यसबाट दुवै देशका नागरिकले अब बिना झन्झट दिल्ली–काठमाण्डौ आवतजावतको सुविधा प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया