सन् २००९ मा मृत्यु भएकी आÏनी आमाको शवलाई अन्त्येष्टि गर्नुको साटो एक महिलाले ओछयानमै सुताएर आफु पनि सँगै सुतिरहेको
रहस्य खुलेको छ ।
जर्मनीको म्युनिखस्थित ब्लुमेनाउकी एक महिलाले आÏनी आमाको शवलाई पाँचवर्षसम्म घरभित्रै राखेको तथ्य खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मानसिक अस्पतालमा भर्ना गरेको छ ।
नाम नखुलाइएकी ती महिलाले आÏनी ८३ वर्षकी आमाको मृत्यु भएपछि आमाको शवलाई ओछयानमै सुताएर आफु पनि आमाको शवसँगै सुत्ने गरेकी थिइन् ।
उक्त घरकी बुढीआमै देखिन छाडेपछि र छोरीचाहीँले आÏनो घरमा कसैलाई पनि छिर्न नदिन थालेपछि छिमेकीलाई चिसो पस्यो ।
स्थानीय मानिसहरुले आमाको
बारेमा सोध्दा पनि केही जवाफ नदिने र कसैलाई पनि घरमा छिर्न नदिएपछि छिमेकीहरुले प्रहरीलाई खबर गरे ।
अग्नी नियन्त्रकहरु आएर उनको घरमा खानतलासी गर्दा ती महिलाकी आमाको शवलाई सुकाएर नसड्ने गरी ओछयानमा सुताएको फेला पारे ।
उनले आÏनी आमाको मृत्यु सन् २००९ मा भएको र सोही समयदेखि आफु आमाको शवसँगै सुत्ने गरेको स्वीकार गरिन् ।
ती महिलालाई मानसिक अस्पतालमा परीक्षणका लागि लगिएको छ । वृद्धाको शवको पोष्टमार्टम गर्दा उनको हत्या नभै स्वभाविक मृत्यु भएको पाइएको छ ।
